default_image

4 years ago

April 11, 2022

सर्वाधिक सफल टोली कै खराब प्रदर्शन

238 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक दुई सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले खराब सुरुवात गरेका छन् । २०२२ का सुरुवाती चारै खेलमा दुबै टोली जित बिहीन बन्दै समस्यामा परेका छन् । जित बिहीन हुने जारी सिजनमा यी दुई टोली मात्र हुन् ।

चेन्नईले आफ्नो इतिहामा पहिलो पटक सुरुवाती दुबै खेल गुमाएको थियो । सन् २०१० पछि मात्रै चेन्नई एकै सिजनमा लगातार चार खेलमा पराजित भएको हो । आइपिएलमा १४ संस्करण सकिँदा चेन्नई चार र मुम्बईले पाँच गरि कुल ९ उपाधि जितेका छन् ।

मुम्बईको लागि नौलो सुरुवात भने होईन । मेगा अक्सन वर्ष मुम्बईको त्यति सम्झन लायक हुँदैन । मुम्बईले २०१४ मा सुरुवाती पाँच खेल नै गुमाएको थियो । २०१८ को मेगा अक्सन वर्षमा सुरुवाती तीन खेल गुमाएको थियो । २००८ मा पनि मुम्बईले सुरुवाती ४ खेल गुमाएको थियो । २०१५ मा मुम्बईले सुरुवाती ४ खेल गुमाएपनि त्यसपछि उत्कृष्ट प्रदर्शनका साथ उपाधि जितेको थियो । मुम्बई २०१३, २०१५, २०१७, २०१९ र २०२० को च्याम्पियन टोली हो ।

मुम्बई यस सिजनमा पहिलो खेलमा दिल्लीसँग ४ विकेट, राजस्थान रोयल्स २३, कोलकाता नाइट राइडर्ससँग ५ विकेट र रोयल च्यालेन्जर्स बेंगलोरसँग ७ विकेटले पराजित भएको थियो । विदेशी खेलाडी चल्न नसक्दा नै खराब प्रदर्शन गर्नु परेको हो । अर्कोतर्फ रोहित शर्मा, काइरन पोलार्ड र जस्प्रित बुमराह चल्न सकेका छैनन् ।

मुम्बईको बिदेशी कोटाका चार खेलाडी कमजोर देखिएका छन् । पोलार्ड प्रमुख हतियार हुन् । तर उनी चलेका छैनन् । बेंगलोरसँग मुम्बईले दुई मात्र विदेशी खेलाडी पोलार्ड र डेवाल्ड ब्रेभिसलाई मैदान उतारेको थियो । यसले मुम्बईमा विदेशी खेलाडीको अवस्था कस्तो छ अनुमान गर्न सकिन्छ ।

अक्सनमा मुम्बईले टिम डेविडलाई ८ करोड २५ लाख भारु र जोफ्रा आर्चरलाई ८ करोड भारुमा किनेको थियो । आर्चर यस सिजनमा उपलब्ध नहुने अक्सन अघि नै जनाएका थिए । आगमी वर्षको लागि किनेको थियो । डेविडको भने प्रदर्शन सुरुवाती दुई खेलमा १३ रन बनाएपछि ब्रेभिसलाई मौका दिएको थियो । ८ विदेशी खेलाडीमा पोलार्ड, डेविड, डेवाल्ड ब्रेभिस, ड्यानियल साम्स, आर्चर, फबिएन एलेन र टाइमल मिल्स छन् ।

तर प्रदर्शन अपेक्षा अनुसार हुन सकेन । मेरिडीथ र फबिएन एलेनले भने मौका पाएका छैनन् । सुरुवाती समय जस्प्रित बुमराहको प्रदर्शन पनि राम्रो छैन । बुमराहले ४ खेलमा ३ विकेट लिएका छन् । ट्रेन्ट बोल्ट राजस्थान रोयल्स पुगेपछि उनी पनि कमजोर देखिएका छन् ।
यता चेन्नईमा भने स्टार खेलाडीको नै कमी देखिन्छ ।

आइपिएलमा सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले नेतृत्व छाडेपछि चेन्नईले इतिहासकै खराब सुरुवात गरेको छ । चेन्नई शनिबार सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भयो । कोलकाता नाइट राइडर्स र दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्ससँग ६–६ विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा पन्जाब किंग्ससँग ५४ रनले पराजित भएको थियो ।चेन्नईले २०१० मा लगातार चार खेलमा पराजित भएपनि उत्कृष्ट पूनरागमनका साथ पहिलो उपाधि जितेको थियो । चेन्नई २०१०, २०११, २०१८ र २०२१ को च्याम्पियन टोली हो ।

धोनीले २००८ देखिनै चेन्नईको आइपिएलको कप्तानी गर्दै एक सर्वाधिक सफल टोलीको छाप छाडेका थिए । चेन्नई २००८, २०१२, २०१३ र २०१५, २०१९ को फाइनलमा पराजित भएको थियो । २००९ मा सेमिफाइन र २०१४ मा तेस्रो हुँदै बाहिरिएको थियो । स्पोट फिक्सिङको कारण २०१६ र २०१७ मा भने चेन्नई र राजस्थानलाई प्रतिबन्ध लागेको थियो ।

धोनीले कप्तानी छाड्नुसँगै मेगा अक्सनमा नयाँ टिम निर्माणमा ध्यान नदिनु चेन्नईले कमजोर प्रदर्शन गर्नुको कारण हो । चेन्नईलाई युवा स्टार खेलाडीको अभाव देखिन्छ । प्रमुख ओपनर ऋतुराज गायकवाड पनि चल्न सकेका छैनन् । चेन्नईसँग ब्याटिङमा टि२० विशेष खेलाडीको कमी देखिन्छ ।


चेन्नई र मुम्बई प्ले अफमा पुग्न सक्छन् ?

अहिलेको प्रदर्शन अनुसार चेन्नई र मुम्बईलाई प्ले अफमा स्थान बनाउन कठिन देखिन्छ । आइपिएलमा एक टोलीले कुल १४ खेल खेल्नेछन् । चेन्नई र मुम्बईले १०–१० खेल खेल्न बाँकी छ । प्ले अफमा पुग्न कम्तिमा यी दुबै टोलीलाई ७–७ खेल जित्नु पर्ने हुन्छ । तर अहिलेको नतिजा र टोली हेर्दा भने कठिननै देखिन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.