4 years ago
April 11, 2022
एजेन्सी – कप्तान केन विलियम्सनको अर्धशतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । स्टार अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरातको आइपिएलमा पहिलो हार हो ।

१ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा केन विलियम्सनले ४६ बलमा २ चौका र ४ छक्कासहित ५७ रनको योगदान दिए । निकोलस पुरन १८ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा अविजित रहे । पुरनले दर्शन नालकाण्डेलाई छक्का प्रहार गर्दै खेल सकाए ।
ओपनर अभिषेक शर्मा र विलियम्सनले पहिले विकेटका लागि ८.५ ओभरमा ६४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । अभिषेक स्पिनर राशिद खानको बलमा डिप मिडविकेटमा साई सुदर्शनबाट ४२ रनमा क्याच भए । उनले ३२ बलमा ६ चौका प्रहार गरे । एडेन माक्ररम १२ रनमा अविजित रहे ।
राहुल त्रिपाठी ११ बलमा १ चौका र १ छक्कासहित १७ रनमा रिटायर्ट आउट भए । गुजरातका हार्दिक पान्ड्या र राशिद खानले १–१ विकेट लिए ।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । हैदराबादका कप्तान हार्दिक पान्ड्याले ४२ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा अविजित रहे ।

अभिनव मनोहरले २१ बलमा ५ चौका र १ छक्का सहित ३५ रनको इनिङ खेले । तीव्र गतिका बलर भुवनेश्वर कुमारले तेस्रो ओभरको दोस्रो बलमा ओपनर शुभमन गिललाई ७ रनमा राहुल त्रिपाठीबाट क्याच गराए ।
टि नटराजनले साई सुदर्शनलाई ११ र म्याथ्यु वेडलाई १९ रनमा आउट गरे । वेडले १९ बलमा ३ चौका प्रहार गरे । १५ बल खेलेका डेविड मिलरले १२ रन बनाए । राहुल टेवाटिया ६ रनमा आउट भए । पाँचौं विकेटका लागि हार्दिक र मनोहरले ५० रनको साझेदारी गरेका थिए ।
हैदराबादका भुवनेश्वर कुमारले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मार्को ज्यासन र उमरन मलिकले १–१ विकेट लिए । हैदराबादले अव शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । नेपालले बिहीबार शीर्षस्थानको राजस्थान रोयल्ससँग खेल्नेछ ।
अंक तालिका
राजस्थान रोयल्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । कोलकाता नाइट राइडर्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । लखनऊ ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । गुजरात ४ खेलमा ३ मा जित र १ मा हार सहित पाँचौं स्थानमा पुगेको छ ।
दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ४ खेलमा २ मा जित र २ मा हार सहित आठौं स्थानमा छन् । समान ४ खेल जित विहीन मुम्बई नवौं र चेन्नई पुछारमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]