4 years ago
April 12, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो बेलुका ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरु हुनेछ ।

बेंगलोर चौथो जितको साथ अंक तालिकामा शीर्ष स्थानमा उक्लिने सोचमा छ । बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नई ४ खेलमा चार नै हारका साथ पुछारमा छ । चेन्नई बेंगलोरलाई हराउँदै जारी आइपिएलमा पहिलो जित निकाल्ने सोचमा हुनेछ ।
तर जारी सिजनमा चेन्नईको ब्याटिङ र बलिङ दुबै कमजोर देखिएको छ । महेन्द्रसिंह धोनीले कप्तान छोड्दै रविन्द्र जडेजालाई हस्तान्तरण गरेका थिए । चेन्नईका शीर्ष तीन ब्याटर रोविन उथप्पा, ऋतुराज गायकवाड र मोईन अलीलाई ठूलो इनिङका साथ उत्कृष्ट सुरुवात गर्न आवश्यक देखिन्छ । शिवम दुबेबाट चेन्नईले ठूलो अपेक्षा गरेको छ । तर प्रदर्शन अपेक्षा अनुसार भने छैन । धोनी र रविन्द्र जडेजा फिनिसर हुन् ।

तीव्र गतिका बलरमा क्रिस जोर्डन, मुकेश चौधरी र एडम मिल्नेलाई मैदान उतार्न सक्छ । मिल्नेलाई स्पिनर महेश थेक्सनाकोा स्थानमा मौका दिनसक्ने सम्भावना छ । स्पिनरमा मोईन अली र रविन्द्र जडेजा हुनेछन् । यता बेंगलोरमा आज तीव्र गतिका बलर जोश हेजलवुड उपलब्ध हुनेछन् ।
हेजलवुड उपलब्ध हुँदा बेंगलोरको तीव्र गतिको बलिङ आक्रामण मजबुत बन्नेछ । बेंगलोरले उनलाई डेविड विल्लीको स्थानमा खेलाउने छ । हेजलवुड, आकाश दीप र हर्षल पटेल तीव्र गतिका हतियार हुनेछन् । श्रीलंका स्पिनर वानिन्दु हसरंगाले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अघिल्लो खेलमा मुम्बईविरुद्ध ५१ रन खर्चिएका मोहम्मद शिराजको स्थानमा सिद्धार्थ कौललाई मौका दिनसक्छ ।

बेंगलोरका ब्याटर भने उच्च लयमा छन् । फाफ डु प्लेसिस, अनुज रावत, विराट कोहली र ग्लेन म्याक्सवेल शीर्ष चार ब्याटर हुन् । यी चारै ब्याटर राम्रो ब्याटिङको लागि चिनिन्छन् । स्पिन अलराउन्डर शहबाज अहमद र स्पिनर वानिन्दु हसरंगा पनि राम्रो ब्याटिङको क्षमता राख्छन् । ग्लेन म्याक्सवेल चेन्नईका ब्याटरलाई घातक बन्नसक्छन् ।
हेड टु हेड :
बेंगलोर चेन्नईबीच कुल २८ खेल भएका छन् । चेन्नई १८ र बेंगलोर ९ खेलमा विजयी भएको छन् । २०२१ का दुबै खेलमा चेन्नई विजयी भएको थियो । पछिल्ला पाँच खेलमा चेन्नईले ४ र बेंगलोरले १ खेल जितेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]