default_image

3 years ago

April 12, 2022

पुलिसमाथि मलेसियाको रोमान्चक जित

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया–११ ले प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि १ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै पुलिस ३ खेल जित बिहीन हुँदै समूह चरणबाट बाहिरिएको छ ।

जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १७ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा नाजरिल रहमानले २८ बलमा ५ चौकासहित सर्वाधिक २७ रन बनाए । सैद अजिज १३, शार्विन मुनीआन्दी १८ र मोहम्मद वाफिकले ११ रन बनाए ।

मलेसिया १२.५ ओभरमा ६५-८ को अवस्थामा पुगेको थियो । मुनीआन्दी र जुहदी हजालनले नवौं विकेटका लागि १५ रनको साझेदारी गरे । अन्तिम विकेटका लागि मुनीआन्दीले वाफिकसँग २० रनको अविजित साझेदारी गरेका थिए । १७ औं ओभरमा कप्तान मञ्जित श्रेष्ठले २ चौका र १ छक्कासहित १६ रन खर्चेपछि मलेसियाको जित पक्का बनेको थियो ।

पुलिसका पवन सरार्फले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल, करण केसी, मञ्जित श्रेष्ठ र गुलशन झाले १(१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङ थालेको पुलिस १९.४ ओभरमा ९९ रनमा अल आउट भयो । पुलिसका प्रेम तामाङले ३१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २८ रनमा अविजित रहे । ओपनर पवन सरार्फले १४ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए । शंकर राना १०, करण केसी ४, दीलिप नाथ शून्य, अर्जुन साउद ४ र सागर ढकालले २४ बलमा १४ रन जोडे ।


मलेसियाका सैद अजिजले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए । शार्विन मुनीआन्दीले ४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिए ।

समूह ए मा रुपन्देही-११ ले २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । रुपन्देहीले बुधबार पुश स्पोर्ट्स दिल्लीसँग खेल्नेछ । उक्त खेलमा रुपन्देही विजयी भएमा मलेसिया सेमिफाइनलमा पुग्नेछ ।

रुपन्देही पराजित भएमा दिल्ली र मलेसियाको नेटरनरेटमा निर्भर रहनेछ । मलेसियाको नेटरनरेट ०.५३० र दिल्लीको माइनस ०.४९५ छ ।दिल्ली २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । पुलिस ३ खेलमा पराजित हुँदै अंक बिहीन बन्दै बाहिरिएको छ ।

समूह बी मा त्रिभुवन आर्मी क्लब २ खेलमा २ मा जित सहित शीर्ष स्थानमा छ । उत्तर प्रदेश क्रिकेट क्लब–११ समान खेल र नतिजाका साथ दोस्रो स्थानमा छ । उत्तर प्रदेश र आर्मी समूह बी बाट समिफाइनलमा पुगेका छन् । एपिएफ ३ खेलमा २ मा हार र १ मा जितसहित समूह बी को तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

December 12, 2024

जनकपुर अन्तिम खेल अघि नै प्लेअफमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ । बिहीवारको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। जनकपुरका लागि हर्ष ठाकरले नट […]

December 12, 2024

जनकपुरविरुद्ध काठमाडौंको खराब ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गर्दा झिनो योगफलमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल तयार गर्यो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ […]

December 12, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्स ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेइङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव […]

Success

Thank you for your time.