default_image

4 years ago

April 12, 2022

बेंगलोरलाई हराउँदै चेन्नईको पहिलो जित

289 views

0 Bookmark

एजेन्सी – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हराउँदै पहिलो जित हात पारेको छ । स्पिनर महेश थिक्सनाको सानदार बलिङमा चेन्नईले लगातार चार हारमा पूर्ण विराम लगाउँदै पहिलो जित निकालेको हो ।

२ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । बेंगलोरका स्पिन अलराउन्डर शहबाज अहमदले २७ बलमा ४ चौकासहित सर्वाधिक ४१ रन बनाए । डेब्यू खेल खेलेका सुयश प्रभुदेशाईंले १८ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए ।

स्पिनर महेश थिक्सना र रविन्द्र जडेजाले सानदार प्रदर्शन गर्दै जितको आधार तय गरे । महेशले तेस्रो ओभरको पाँचौं बलमा बेंगलोरका कप्तान फाफ डु प्लेसिसलाई ८ रनमा क्रिज जोर्डनबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । तीव्र गतिका बलर मुकेश चौधरीले विराट कोहलीलाई १ रनमा शिवम दुबेबाट क्याच गराउँदै बेंगलोरलाई ठूलो झड्का दिए ।

युवा ओपनर अनुज रावतलाई महेशले १२ रनमा एलबीडब्लू आउट गरे । जडेजाले ग्लेन म्याक्सवेललाई २६ रनमा बोल्ड गरेपछि बेंगलोरको जित कठिन बनेको थियो । म्याक्सवेलले ११ बलमा २ चौका र २ छक्का प्रहार गरे । त्यसपछि महेशले शहबाज अहमद र सुयशलाई आउट गर्दै चेन्नईको जित सहज बनाए ।

विकेटपिकर दीनेश कार्तिक १४ बलमा २ चौका र ३ छक्कासहित ३४ रनमा आउट भए । बेंगलोरलाई अन्तिम १८ बलमा जितको लागि ४८ रन चाहिँएको थियो । ड्वेन ब्राभोको १८ औं ओभरको दोस्रो बलमा कार्तिक डिप मिडविकेटमा जडेजाबाट क्याच भए बेंगलोरको अन्तिम आशा सकिएको थियो

चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । रविन्द्र जडेजाले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । मुकेश चौधरी र ड्वेन ब्राभोले १–१ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । चेन्नईका रोबिन उथप्पाले ५० बलमा ४ चौका र ९ छक्कासहित ८८ रनको उत्कृष्ट प्रदर्शन गरे । उथप्पाको आइपिएल करिअरको उत्कृष्ट प्रदर्शन हो ।

शिवम दुबेले ४६ बलमा ५ चौका र ८ छक्कासहित ९५ रनमा अविजित रहे । दुबेको पनि आइपिएलको उच्च प्रदर्शन हो । दुबेले ८ र उथप्पाले ९ गरि कुल १७ छक्का प्रहार गरे । तेस्रो विकेटका लागि उथप्पा र दुवेले ७४ बलमा १ सय ६५ सानदार कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए ।

आइपिएलमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०१२ मा डेक्कन चार्जसका कुमार संगाकारा र क्यारन ह्वाइटले १ सय ५७ रनको साझेदारी गरेका थिए । यस सिजनमा बेंगलोरको लागि पहिलो खेल खेलेका अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ओपनर ऋतुराज गायकवाडलाई १७ रनमा एलबीडब्लू आउट गरे ।

१६ बल खेलेका गायकवाड ३ चौका प्रहार गरे । गतवर्ष चेन्नईलाई च्याम्पियन बनाउन सर्वाधिक रन बनाउदै ओरेन्ज क्याप जितेका गायकवाड यस सिजनमा चल्न सकेका छैनन् । मोईन अली ३ रनमा रन आउट भए । जुन समय चेन्नई ६।४ ओभरमा ३६–२ को अवस्थामा पुगेको थियो । त्यसपछि दुबे र उथप्पाले सानदार ब्याटिङ गरेका हुन् ।

पहिलो १० ओभरमा ६०-२ को अवस्थामा रहेको चेन्नईले अन्तिम ६० बलमा १ सय ५५ रन बनाउँदै विशाल योगफलमा पुर्याएको हो । बेंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए ।

चेन्नईले यसअघि चारै खेलमा पराजित भएको थियो । चेन्नईले अव आइतबार गुजरात टाइटन्ससँग खेल्नेछ । बेंगलोरको यो पाँचौं खेलमा दोस्रो हार हो । बेंगलोरले अव शनिबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

अंक तालिका

राजस्थान रोयल्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । कोलकाता नाइट राइडर्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । गुजरात ४ खेलमा ३ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हारसहित पाँचौं स्थानमा पुगेको छ ।

दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ४ खेलमा २ मा जित र २ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ४ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.