4 years ago
April 13, 2022
एजेन्सी – ओपनर शिखर धवन र मयंक अग्रवालको अर्धशतकमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २३ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ९९ रनको विशाल लक्ष्य दिएको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनायो । पन्जाबका ओपनर शिखर धवनले ५० बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए ।
पन्जाबलाई ओपनर मयंक अग्रवाल र शिखर धवनले पहिलो विकेटका लागि ९.३ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । अग्रवाल ३२ बलमा ६ चौका र २ छक्कासहित ५२ रन बनाए । उनी स्पिनर मुरुगन आश्विनको बलमा लङअफमा सूर्य कुमार यादवबाट क्याच भए । त्यसपछि भने पन्जाबको रनको गति रोकिएको थियो ।
तीव्र गतिका बलर जयदेव उनादकटले जोनी बेयरस्टोलाई १२ बलमा बोल्ड गरे । उनले १३ बलमा १ चौका प्रहार गरे । पन्जाबका प्रमुख ब्याटर लियाम लिभिङस्टोनलाई जस्प्रित बुमराहले १५ औं ओभरको तेस्रो बलमा योर्करमा २ रनमा बोल्ड आउट गर्दै प्रमुख सफलता दिलाएका थिए ।
जितिश शर्मा १५ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे ।
शाहरुख खान ६ बलमा २ छक्कासहित १५ रनमा आउट भए । मुम्बईका बासिल थाम्पीले सर्वाधिक २ विकेट लिए । जस्प्रित बुमराह, मुरुगन आश्विन, जयदेव उनादकटले १–१ विकेट लिए । सुरुवाती ४ खेलमा पराजित भएको मुम्बई पहिलो जितको सोचमा छ । पन्जाब तेस्रो जितको सोचमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]