4 years ago
April 13, 2022
एजेन्सी – युवा स्टार डेवाल्ड ब्रेभिसको विष्फोटक ब्याटिङको बाबजुद मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्ससँग १२ रनले पराजित भएको छ । सर्वाधिक सफल टोली मुम्बईको जारी सिजनमा लगातार पाँचौं हार हो ।

१ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । मुम्बईका डेवाल्ड ब्रेभिसले २५ बलमा ४ चौका र ५ छक्कासहित ४९ रनको विष्फोटक इनिङ खेले टोलीको हार टार्न सकेनन् । सूर्य कुमार यादवले ३० बलमा १ चौका र ४ छक्कासहित ४३ रन बनाए ।
मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २८ रन चाहिँएको थियो । कागिसो रबाडालाई पहिलो बलमा सूर्यले चौका प्रहार गरे । दोस्रो बलमा दुई रन र तेस्रो बल डट राखे । चौथो बलमा सूर्य ओडेन स्मिथबाट लङअनमा क्याच भएपछि मुम्बईको जितको आशा टाढिएको थियो ।
बाँकी दुई बल डट राखेपछि मुम्बईलाई अन्तिम ६ बलमा २२ रन चाहिँएको थियो । क्रिजमा मुरुगन आश्विन र जयदेव उनादकट दुबै बलर हुँदा मुम्बईको जित कठिन बनेको थियो ।
ओडेन स्मिथले अन्तिम ओभरमा ९ रन खर्चेर ३ विकेट लिँदै जित पक्का गराए । अन्तिम ओभरको पहिलो बलमा ओडेन स्मिथलाई उनादकटले छक्का प्रहार गर्दै झिनो आशा जगाए । दोस्रो बलमा दुई रन खर्चिए । तेस्रो बलमा १२ रनमा क्याच भए ।
चौथो बलमा बुमराह आउट भए । पाँचौं बलमा टाइमल्स मिल्सलाई डट राखेसँगै जित पक्का बनेको थियो । अन्तिम बलमा मिल्सलाई पनि आउट गर्दै जित दिलाए ।

कप्तान रोहित शर्मा १७ बलमा ३ चौका र २ छक्कासहित २८ रन बनाउँदै कागिसो रबाडाको बलमा वैभव अरोराबाट क्याच भए । ईशान किशन ३ रनमा क्याच आउट भए । सुरुवाती ८ बलमा ब्रेभिसले कुनै रन जोड्न सकेक थिएनन् ।
नवौं ओभरमा स्पिनर राहुल चाहरलाई १ चौका र ४ छक्कसहित एकै ओभरमा ब्रेभिसले २८ रन जोडेका थिए । अन्तिम चार बलमा लगातार छक्का प्रहार गर्दै खेललाई मोडेका थिए । जुन ओभर खेलको टनिङ प्वाइन्ट बनेको थियो । ब्रेभिस ओडेन स्मिथको ११ औं ओभरको अन्तिम बलमा अर्शदीप सिंहबाट डिप स्क्यार लेगमा क्याच हुदै आइपिएलमा पहिलो अर्धशतक बनाउन १ रनले चुके ।
तिलक बर्मा २० बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा रन आउट भए । तेस्रो विकेटका लागि दुई युवा स्टार ब्रेभिस र तिलकले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए । तर त्यसपछिका ब्याटर चल्न सकेनन् । काइरन पोलार्ड ११ बलमा १ चौका सहित १० रनमा आउट भए ।

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ओडेन स्मिथले ३ ओभरमा ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । पन्जाबका ओपनर शिखर धवनले ५० बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए ।
पन्जाबलाई ओपनर मयंक अग्रवाल र शिखर धवनले पहिलो विकेटका लागि ९.३ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अग्रवाल ३२ बलमा ६ चौका र २ छक्कासहित ५२ रन बनाए । उनी स्पिनर मुरुगन आश्विनको बलमा लङअफमा सूर्य कुमार यादवबाट क्याच भए । त्यसपछि भने पन्जाबको रनको गति रोकिएको थियो ।

तीव्र गतिका बलर जयदेव उनादकटले जोनी बेयरस्टोलाई १२ बलमा बोल्ड गरे । उनले १३ बलमा १ चौका प्रहार गरे । पन्जाबका प्रमुख ब्याटर लियाम लिभिङस्टोनलाई जस्प्रित बुमराहले १५ औं ओभरको तेस्रो बलमा योर्करमा २ रनमा बोल्ड आउट गर्दै प्रमुख सफलता दिलाए ।
जितिश शर्मा १५ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे ।
शाहरुख खान ६ बलमा २ छक्कासहित १५ रनमा आउट भए । मुम्बईका बासिल थाम्पीले सर्वाधिक २ विकेट लिए । जस्प्रित बुमराह, मुरुगन आश्विन, जयदेव उनादकटले १–१ विकेट लिए ।
पन्जाब ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ । पन्जाबले अव आइतबार सनराइजर्स हैदराबादसँग खेल्नेछ । पाँच पटकको च्याम्पियन मुम्बई ५ खेलमा जित बिहीन हुँदै पुछारमा छ । मुम्बईले अव शनिबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ ।
अंक तालिका
राजस्थान रोयल्स ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ । कोलकाता नाइट राइडर्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । पन्जाब ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ ।
लखनऊ ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । गुजरात ४ खेलमा ३ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हारसहित छैटौं स्थानमा पुगेको छ ।
दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । हैदराबाद ४ खेलमा २ मा जित र २ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ५ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]