default_image

2 years ago

April 14, 2022

घरेलु टोली नामिबिया युगान्डासँग स्तब्ध

एजेन्सी – घरेलु टोली नामिबिया युगान्डासँगको दोस्रो एकदिवसिय खेलमा ३ विकेटले पराजित भएको छ । योसँगै दुई एकदिवसिय सिरिज १–१ को बराबरीमा सकिएको छ । जितका लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाको जितमा ओपनर सिमोन सेसाजीले ८६ बलमा ७ चौका र ३ छक्कासहित […]

62 views

0 Bookmark

एजेन्सी – घरेलु टोली नामिबिया युगान्डासँगको दोस्रो एकदिवसिय खेलमा ३ विकेटले पराजित भएको छ । योसँगै दुई एकदिवसिय सिरिज १–१ को बराबरीमा सकिएको छ ।

जितका लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाको जितमा ओपनर सिमोन सेसाजीले ८६ बलमा ७ चौका र ३ छक्कासहित ८२ रनको उत्कृष्ट इनिङ खेले ।

तल्लोक्रमका रिजात अली शाह ३६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे । कप्तान केनेथ वाइस्था २०, फ्रेड एकेलम २२ र दीनेश नक्रानीले ४५ रन बनाए ।

नामियियाका ज्यान फ्रिलिंकले सर्वाधिक २ विकेट लिए । त्यसअघि युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो ।

नामिबियाका क्रेग विलियम्सले १ सय ७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ९० रन बनाए । कार्ल बिरकेनस्टोक ७७ बलमा ७ चौका र २ छक्कासहित ७३ रनको योगदान दिए ।

दुई एकदिवसिय सिरिज १–१ को बराबरीमा सकिएको थियो । तीन टि२० आई सिरिज भने नामिबियाले २–१ ले जितेको थियो ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.