default_image

4 years ago

April 14, 2022

हार्दिकको सानदार ब्याटिङमा राजस्थानलाई कठिन लक्ष्य

183 views

0 Bookmark

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको सानदार ब्याटिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २४ औं खेलमा राजस्थान रोयल्सलाई १ सय ९३ रनको कठिन लक्ष्य दिएको छ ।

डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । हार्दिक पान्ड्या ५२ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रनमा अविजित रहे । चौथो विकेटका लागि पान्ड्या र मनोहरले ५५ बलमा ८६ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

मनोहर स्पिनर युजभेन्द्र चहलको १६ औं ओभरको पाँचौं बलमा शट फाइन लेगमा रविचन्द्रन आश्विनबाट क्याच भए । मनोहरले २८ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाए । ओपनर म्याथ्यु वेड १२ र सुभमन गिल १३ रनमा आउट भए । विजय शंकर २ रनमा आउट भए ।

तल्लोक्रमका डेविड मिलरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ रनको आक्रामक अविजित इनिङ खेले । पाँचौं विकेटका लागि मिलर र पान्ड्याले २५ बलमा ५३ रनको अविजित साझेदारी गरेका थिए । राजस्थानका कुलदीप सेन, युजभेन्द्र चहल र रियान परागले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.