4 years ago
April 15, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २५ औं खेलमा आज सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ ।

कोलकाता चौथो जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा छ । हैदराबाद तेस्रो जितका साथ दोस्रो स्थानमा उक्लिन चाहन्छ । युवा ब्याटर श्रेयस ऐरको कप्तानीमा रहेको कोलकाता ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंक जोड्दै दोस्रो स्थानमा छ । केन विलियम्सनको कप्तानीमा रहेको हैदराबाद ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंक जोड्दै आठौं स्थानमा छ ।
पछिल्ला दुबै खेलमा हैदराबादले जित निकालेको छ । हैदराबादले गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सलाई समान ८ विकेटले हराएको थियो । ओपनर केन विलियम्सन र अभिषेक शर्माको प्रदर्शन उत्कृष्ट थियो । चेन्नईलाई हराउन अभिषेकले ७५ रनको इनिङ खेलेका थिए । गुजरातलाई हराउन विलियम्सनले ५७ रन जोडेका थिए । विलियम्सन जिम्मेवारीका साथ ठूलो इनिङ खेल्ने गर्दछन् । हतपत आफ्नो विकेट दिदैनन् ।

यी दुई ओपनरको प्रदर्शन महत्वपूर्ण हुनेछ । पछिल्लो खेलमा निकोलस पुरनले १८ बलमा ३४ रन जोड्दै खेल सकाएका थिए । पुरन पनि लयमा देखिएका छन् । बायाँ हाते पुरनले ठूलो इनिङ खेल्दा हैदराबादको ब्याटिङ मजबुत हुनेछ । राहुल त्रिपाठी र एडेन माक्ररम मध्यक्रमका ब्याटर हुन् ।
हैदराबादको तीव्र गतिका बलरमा भुवनेश्वर कुमार, मार्को ज्यासन, टि नटराजन र उमरन मलिक छन् । जसले तीव्र गतिको बलिङ आक्रामण बलियो देखिन्छ । कोलकाता पछिल्लो खेलमा दिल्लीसँग ४४ रनले पराजित भएको थियो ।
कोलकाताका ओपनर शुभमन गिल राम्रो लयमा छन् । श्रेयस ऐर, नितिश राणा र वेंकटेश एर ब्याटर हुन् । कोलकातामा आक्रामक खेलाडी छन् । आन्द्रे रसेल प्रमुख हयितार हुन् । रसेल चलेको खण्डमा उनलाई रोक्न कठिन पर्छ ।

प्याट कमिन्स र सुनिल नारायण पनि आक्रामक ब्याटिङका लागि चिनिन्छन् । कमिन्सले मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका थिए । रसेल, नारायण र कमिन्स मध्य एक खेलाडी चलेको खण्डमा पनि जित सहज बनाउन सक्छन् ।
कोलकाताका तीव्र गतिका बलर उमेश यादव राम्रो लयमा छन् । पावर प्लेमा नयाँ बलका साथ निरन्तर विकेट लिँदै आएका छन् । प्याट कमिन्स प्रमुख तीव्र गतिका बलर हुन् । स्पिनरमा बरुण चक्रवर्ती र सुनिल नारायण छन् ।
तुलनात्मक रुपमा बलियो कोलकाताले विश्वका एक उत्कृष्ट कप्तान विलियम्सनको टोलीको सामना गर्नेछन् । विलियम्सन आफ्नो कप्तानीमा पनि खेललाई मोड्न सक्ने क्षमता भएका खेलाडी हुन् । कोलकातालाई विलियम्सनको कप्तानी र प्रदर्शन दुबै घातक बन्न सक्छ । पछिल्ला दुई खेलमा लगातार जित निकालेको हुँदा हैदराबादको मनोबल पनि उच्च देखिन्छ ।
हेड टु हेड :
कोलकाता र हैदराबादबीच आइपिएलमा कुल २१ खेल भएका छन् । कोलकाता १४ र हैदराबाद ७ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा कोलकाता ४ खेलमा विजयी भएको छ । गतवर्ष कोलकाता ६ विकेट र १० रनले विजयी भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]