default_image

4 years ago

April 15, 2022

कोलकातामाथि हैदराबादको सानदार जित

204 views

0 Bookmark

एजेन्सी – राहुल त्रिपाठी र एडेन माक्ररमको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २५ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

यो जितसँगै केन विलियम्सनको कप्तानीमा रहेको हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं औं स्थानमा उक्लिएको छ ।
जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादलाई लगातार तेस्रो जित दिलाउन राहुल त्रिपाठीले ३७ बलमा ४ चौका र ६ छक्कासहित ७१ रनको सानदार इनिङ खेले ।

एडेन माक्ररम ३६ बलमा ६ चौका र ४ छक्कासहित ६८ रनमा अविजित रहे । माक्ररमले प्याट कमिन्सलाई लगातार दुई छक्का प्रहार गर्दै खेल सकाएका थिए । हैदराबादको सुरुवात भने राम्रो थिएन । तीव्र गतिका बलर प्याट कमिन्सले ओपनर अभिषेक शर्मालाई ३ रनमा बोल्ड आउट गरे । आन्द्रे रसेलको बलमा कप्तान केन विलियम्सन १७ रनमा बोल्ड आउट हुँदा ५.२ ओभरमा ३९–२ को अवस्थामा पुगेको थियो ।

तेस्रो विकेटका लागि एडेन माक्ररम र राहुल त्रिपाठीले ९४ रनको साझेदारी गर्दै साानदार जितको आधार तय गरे । त्रिपाठी रसेलको बलमा वेंकटेश ऐरबाट लङअनमा क्याच भए । निकोलस पुरन रनमा अविजित रहे । कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए ।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । कोलकाताका नितिश रानाले ३६ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए ।

तल्लोक्रममा आन्द्रे रसेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४९ रनमा अविजित रहँदै आक्रामक इनिङ खेले । रसेलले अन्तिम तीन बलमा जगदिश सुचिथलाई दुई छक्का र एक चौका प्रहार गरेका थिए ।

ओपनर वेंकटेश ऐरलाई टि नटराजनले ६ रनमा बोल्ड आउट गरे । कोलकाताको लागि पहिलो खेल खेलेका ओपनर आरोन फिन्च मार्को ज्यानसनको बलमा ७ रनमा निकोलस पुरनबाट क्याच भए ।

श्रेयस ऐर २५ बलमा ३ चौकासहित २८ रन बनाए । ऐर उमरन मलिकको बलमा बोल्ड भए । सुनिल नारायण ६ र शेल्डन ज्याक्सन ७ रनमा आउट भए । हैदराबादका उमरन मलिकले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । मार्को ज्यानसन, भुवनेश्वर कुमार र जगदीश सुचिथले १-१ विकेट लिए ।

कोलकाताले अव सोमबार राजस्थान रोयल्ससँग खेल्नेछ । हैदराबादले आइतबार पन्जाब किंग्ससँग खेल्नेछ । शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच दिउँसो ३ : ४५ मा हुनेछ । मुम्बई लगातार पाँच खेलमा पराजित भएको छ । मुम्बई पहिलो जितको खोजीमा हुनेछ । दोस्रो खेलमा दिल्ली र बेंगलोरबीच साँझ ७ः ४५ मा सुरुहुनेछ । यी दुई टोली शीर्ष स्थानमा उक्लिने दौडमा हुनेछन् ।

अंक तालिका

गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । पन्जाब ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता नाइट राइडर्स ६ खेलमा ३ मा जित र ३ मा हार सहित चौथो स्थानमा पुगेको छ ।

लखनऊ ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हारसहित छैटौं स्थानमा छ । हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ५ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.