4 years ago
April 16, 2022
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २६ औं खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ ।

मुम्बई सुरुवाती पाँच खेलमा हारका साथ पुछारमा छ । मुम्बई जारी सिजनमा जित बिहीन बन्ने एक्लो टोली हो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई पहिलो जितको खोजीमा छ । यस खेलमा पराजित भएमा मुम्बईको अघिल्लो चरणको सम्भावना धेरै कठिन बन्नेछ ।
मुम्बईले हालसम्म आइपिएल इतिहासमा लगातार ६ सुरुवाती खेल गुमाएको छैन । यसअघि मुम्बईले २०१४ मा सुरुवाती पाँच खेल लगातार गुमाएको थियो । त्यस्तै २०१८ र २०१५ मा सुरुवाती ४ खेल लगातार गुमाएको थियो । २०१५ मा भने उत्कृष्ट पूनरागमनका साथ दोस्रो पटक च्याम्पियन बनेको थियो । मुम्बईले आज हारेको खण्डमा इतिहासकै खराब प्रदर्शन गर्नेछ ।
मुम्बईका ओपनर ईशान किशन र रोहित शर्मा भने चल्न सकेका छैनन् । यी दुई ब्याटरबाट मुम्बई उत्कृष्ट प्रदर्शन चाहन्छ । डेवाल्ड ब्रेभिस, तिलक बर्मा र सूर्य कुमार यादव भने राम्रो लयमा छन् । पछिल्लो खेलमा ब्रेभिसले पन्जाब किंग्सविरुद्ध २५ बलमा ४ चौका र ५ छक्कासहित ४९ रनको आक्रामक इनिङ खेलेका थिए ।

दक्षिण अफ्रिकी बेबी एविको उपनामले चिनिले ब्रेभिसबाट मुम्बई यस्तै प्रदर्शन चाहन्छ । सूर्यले उक्त खेलमा ४३ र तिलकले ३६ रन जोडेका थिए । तर छैटौं र सातौं नम्बरको ब्याटिङ भने चल्न सकेको छैन । काइरन पोलार्ड चल्न नसक्नु मुम्बईको खराब प्रदर्शनको एक कारण हो । मुम्बई पोलार्डबाट विष्फोटक अन्त्य चाहन्छ ।
मुम्बईले पछिल्लो खेलमा तीन विदेशी खेलाडी खेलाएको थियो । आजको खेलमा जयदेव उनादकटलाई बेन्चमा राख्दै राइली मेरिडीथ वा फबिएन एलेन मध्य एकलाई मौका दिनसक्छ । ड्यानियल साम्स ब्याटिङ अलराउन्डरका विकल्प हुन् ।
मुम्बईको स्पिन आक्रामण पनि कमजोर देखिन्छ । मुरुगन आश्विन मुम्बईको स्पिनरको रुपमा छन् । मुम्बईको ओपनर, तल्लोक्रम, तीव्र गतिको बलिङ र स्पिन आक्रामण कमजोर हुँदा खराब प्रदर्शन गर्न पुगेको थियो । बलिङमा जस्प्रित बुमराहमा बढी निर्भर छ ।

यता लखनऊ पछिल्लो खेलमा राजस्थान रोयल्ससँग ३ रनले पराजित भएको थियो । उक्त खेलमा मार्कस स्टोइनिसलाई आठौं नम्बरमा खेलाउँदै ठूलो गल्ती गरेको थियो । स्टोइनिस आज पाँच वा छैटांैं नम्बरमा ब्याटिङ गर्नेछन् । स्टोइनिसले उक्त खेलमा १७ बलमा २ चौका र ४ छक्कासहित ३८ रन बनाएका थिए ।
ओपनर लोकेश राहुल यस सिजनमा पाँच मध्य दुई खेलमा इनिङको पहिलो बलमै आउट भएका छन् । राहुल र क्विन्टन डि ककबाट उत्कृष्ट सुरुवात चाहन्छ । लखनऊको ब्याटिङ अलराउन्डरमा निर्भर छ । दीपक हुडा, जेसन होल्डर, आयुष बदोनी र क्रुनाल पान्ड्या मध्यक्रमका ब्याटर हुन् ।
आवेश खान र दुश्मन्था चामिरा प्रमुख तीव्र गतिका बलर हुन् । उनलाई स्टोइनिस र होल्डरले साथ दिनेछन् । स्पिनरमा रवि विश्रोई हुँदा पार्टटाइममा क्रुनाल र दीपक हुडा छन् । अलराउन्डर लखनऊको प्रमुख हतियार हो । ओपनर बाहेक अन्य प्रमुख ब्याटर नहुनु अर्को कमजोरी हो ।
अंक तालिका
गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । राजस्थान रोयल्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । पन्जाब ५ खेलमा ३ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता नाइट राइडर्स ६ खेलमा ३ मा जित र ३ मा हार सहित चौथो स्थानमा पुगेको छ ।
लखनऊ ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हारसहित छैटौं स्थानमा छ । हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ५ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]