4 years ago
April 16, 2022
एजेन्सी – कप्तान लोकेश राहुलको सानदार शतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २६ औं खेलमा मुम्बई इन्डियन्सलाई २ सय रनको विशाल लक्ष्य दिएको छ ।

ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । लखनऊका कप्तान लोकेश राहुलले ६० बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनको अविजित शतकीय इनिङ खेले । राहुलको यो आइपिएल करिअरको यो तेस्रो शतक हो ।
ओपनर क्विन्टन ड कक १३ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा आउट भए । मनिष पाण्डे ३८, मार्कस स्टोइनिस १०, दीपक हुडा १५ रनमा आउट भए । मुम्बईका जयदेव उनादकटले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मुरुगन आश्विन र फबिएन एलेनले १-१ विकेट लिए ।
मुम्बई सुरुवाती पाँच खेलमा हारका साथ पुछारमा छ । मुम्बई जारी सिजनमा जित बिहीन बन्ने एक्लो टोली हो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई पहिलो जितको खोजीमा छ ।
मुम्बईले हालसम्म आइपिएल इतिहासमा लगातार ६ सुरुवाती खेल गुमाएको छैन । यसअघि मुम्बईले २०१४ मा सुरुवाती पाँच खेल लगातार गुमाएको थियो । त्यस्तै २०१८ र २०१५ मा सुरुवाती ४ खेल लगातार गुमाएको थियो । २०१५ मा भने उत्कृष्ट पूनरागमनका साथ दोस्रो पटक च्याम्पियन बनेको थियो । मुम्बईले आज हारेको खण्डमा इतिहासकै खराब प्रदर्शन गर्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]