4 years ago
April 16, 2022
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ । मुम्बई शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएपछि आफ्नो इतिहासकै खराब सुरुवात गरेको हो । यो जितसँगै लखनऊ ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

जितका लागि २ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । मुम्बईका सूर्य कुमार यादवले २७ बलमा ३ चौकासहित सर्वाधिक ३७ रन बनाए ।
मुम्बईका ओपनर पुन असफल भए । ओपनर ईशान किशन १३ रन र रोहित शर्मा ६ रनमा आउट भए । युवा ब्याटर डेवाल्ड ब्रेभिसले १३ बलमा ६ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । तिलक बर्मा २६, फबिएन एलेन ८, जयदेव उनादकट १४ र मुरुगन आश्विन ६ रनमा आउट भए । काइरन पोलार्ड १४ बलमा १ चौका र २ छक्कासहित २५ रनमा आउट भए ।
आवेश खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । दुश्मन्था चामिरा, मार्कस स्टोइनिस, रवि विश्रोई र जेसन होल्डरले १–१ विकेट लिए ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । लखनऊका कप्तान लोकेश राहुलले ६० बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनको अविजित शतकीय इनिङ खेले । राहुलको यो आइपिएल करिअरको यो तेस्रो शतक हो ।

ओपनर क्विन्टन ड कक १३ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा आउट भए । मनिष पाण्डे ३८, मार्कस स्टोइनिस १०, दीपक हुडा १५ रनमा आउट भए । मुम्बईका जयदेव उनादकटले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मुरुगन आश्विन र फबिएन एलेनले १(१ विकेट लिए ।
मुम्बई सुरुवाती ६ खेलमा हारका साथ पुछारमा छ । मुम्बईले आइपिएल इतिहासमा पहिलो पटक ६ सुरुवाती खेल गुमाएको हो । यसअघि मुम्बईले २०१४ मा सुरुवाती पाँच खेल लगातार गुमाएको थियो । मुम्बईले बिहीबार चेन्नई सुपरकिंग्ससँग खेल्नेछ । लखनऊको यो चौथो जित हो । लखनऊले मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ ।
अंक तालिका
गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा छ । लखनऊ ६ खेलमा ४ मा जित र २ मा हार सहित दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा छ । पन्जाब ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । कोलकाता नाइट राइडर्स ६ खेलमा ३ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा पुगेको छ ।
बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हारसहित छैटौं स्थानमा छ । हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । दिल्ली ४ खेलमा २ मा जित र २ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ६ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]