4 years ago
April 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देही–११ का बायाँ हाते अलराउन्डर बशिर अहमद भैरहवामा सम्पन्न प्रो क्लब च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएका छन् । रुपन्देहीलाई च्याम्पियन बनाउन बशिरले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए ।

रुपन्देहीले फाइनलमा मलेसिया सिनियर टोलीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । बशिरले प्रतियोगिताभर ५ खेलमा १ सय १९ रन बनाउनुको साथै १० विकेट लिए । समूह चरणमा मलेसियालाई ६ विकेटले हराउन बशिरले २ विकेट लिनुको साथै २७ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । विभागीय टोली पुलिसलाई हराउनले बशिरले १७ रन बनाउँदा ३ विकेट लिएका थिए ।
दिल्ली पुश स्पोर्ट्सविरुद्ध २८ रन बनाउनुको साथै १ विकेट लिए । सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउन बशिरले ३५ बलमा ४ चौका र २ छक्कासहित ४५ रन बनाउनुको साथै २ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । लुम्बिनीबाट घरेलु क्रिकेट खेल्ने बशिरले गत डिसेम्बरमा नेपाली यू–१९ एसिया कप खेलि सकेका छन् ।

जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली रुपन्देहीले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । रुपन्देहीको जितमा विकेटकिपर प्रज्वल थापाले ६१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । सन्दीप रजालीले ४५ बलमा ४ चौका र १ छक्कासहित ४१ रन बनाए ।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया-११ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनायो । मलेसियाका नाजरिल रहमानले २२ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।

मोहम्मद आमिर १८, विरनदीप सिंह ११, जुबैदी जुल्किफ्लिी २६, अहमद फैज १२ र सैद अजिज २० रनमा आउट भए । बशिर अहमद ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।
कृष्ण कार्की, रुपेश कुर्मी, विक्रम भुषाल र विशाल विक्रम केसीले १-१ विकेट लिए । मलेसिया नेपाल र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्न आएको थियो । उक्त सिरिज खेलेर प्रो क्लब खेल्न भैरहवा पुगेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]