4 years ago
April 16, 2022
एजेन्सी – विकेटकिपर दीनेश कार्तिक र ग्लेन म्याक्सवेलको अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ९० रनको लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । बेंगलोरका विकेटकिपर दीनेश कार्तिक ३४ बलमा ५ चौका र ५ छक्कासहित ६६ रनको उत्कृष्ट अविजित इनिङ खेले ।
स्पिनर कुलदीप यादवको १४ औं ओभरको तेस्रो बलमा एज लागेपनि विकेटकिपर तथा कप्तान ऋषभ पन्तले कार्तिकको ब्यक्तिगत ५ रनमा ड्रप गर्दै जीवनदान दिएका थिए । जुन दिल्लीलाई कार्तिको जीवनदान भारी पर्न पुग्यो । जुन समय बेंगलोर १३.३ ओभरमा १००-५ को अवस्थामा थियो । बेंगलोरले त्यसपछि ३९ बलमा ८९ रन बनाउँदै कठिन अवस्थाबाट बलियो योगफलमा पुगेको थियो ।

ग्लेन म्याक्सवेलले ३४ बलमा ७ चौका र २ छक्कासहित ५५ रन बनाए । शहबाज अहमद २१ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि शहबाज र दीनेशले ५२ बलमा ९७ रनको अविजित साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका हुन् ।
दोस्रो ओभरको पहिलो बलमा शार्दुल ठाकुरले ओपनर अनुज रावतलाई शून्यमा एलबीडब्लू आउट गरे ।
कप्तान फाफ डु प्लेसिस खलिल अहमदको बलमा प्वाइन्टमा अक्षर पटेलबाट ८ रनमा समातिन पुगे । विराट कोहली १२ रनमा रन आउट हुन पुगेका थिए ।
दीनेश कार्तिकले १८ औं ओभरमा तीव्र गतिका बलर मुश्ताफिजुर रहमानलाई ४ चौका र २ छक्कासहित कुल २८ रन जोडेका थिए । कार्तिकले सुरुवाती तीन बलमा चौका, त्यसपछिका दुई बलमा छक्का र अन्तिम बलमा चौका सहित ठूलो ओभरमा परिणत गरेका थिए ।
दिल्लीका शार्दुल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले १-१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]