default_image

4 years ago

April 16, 2022

दिल्लीलाई हराउँदै बेंगलोर तेस्रो स्थानमा उक्लियो

182 views

0 Bookmark

एजेन्सी – दीनेश कार्तिक र जोश हेजलवुडको उत्कृष्ट प्रदर्शनमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको छ । योसँगै बेंगलोर चौथो जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

१ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । दिल्लीका ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६६ रन बनाए ।

दिल्लीलाई ओपनर पृथ्वी शा र वार्नरले पहिलो विकेटका लागि ४.४ ओभरमा ५० रन जोड्दै राम्रो सुरुवात दिलाए । शा मोहम्मद शिराजको बलमा अनुज रावतबाट १६ रनमा आउट भए । वार्नर १२ औं ओभरको तेस्रो बलमा स्पिनर वानिन्दु हसरंगाको बलमा एलबीडब्लू आउट भए ।

दिल्लीले मध्यक्रमका तीन ब्याटर तीन रन बनाउन गुमाएपछि समस्यामा परेको थियो । जारी सिजनको पहिलो आइपिएल खेल खेलेका मिचेल मार्श २४ बल खेल्दै १४ रनमा रन आउट भए । रोभम्यान पावेल जोश हेजलवुडको बलमा गोल्डेन डक आउट भए । पावेल १५ औं ओभरको पहिलो बलमा आउट भए । अन्तिम बलमा ललित यादव पनि १ रनमा आउट भएपछि दिल्ली समस्यामा परेको थियो ।

दिल्लीलाई अन्तिम ३० बलमा ७५ रन चाहिँएको थियो । शिराजको बलमा पन्त १७ औं ओभरको तेस्रो बलमा विराट कोहलीले एक हातले उत्कृष्ट क्याच लिएपछि दिल्लीको जितको सम्भावना कठिन बनेको थियो ।

पन्तले १७ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । बेंगलोरका विकेटकिपर दीनेश कार्तिक ३४ बलमा ५ चौका र ५ छक्कासहित ६६ रनको उत्कृष्ट अविजित इनिङ खेले ।

स्पिनर कुलदीप यादवको १४ औं ओभरको तेस्रो बलमा एज लागेपनि विकेटकिपर तथा कप्तान ऋषभ पन्तले कार्तिकको ब्यक्तिगत ५ रनमा ड्रप गर्दै जीवनदान दिएका थिए । जुन दिल्लीलाई कार्तिको जीवनदान भारी पर्न पुग्यो । जुन समय बेंगलोर १३.३ ओभरमा १००-५ को अवस्थामा थियो । बेंगलोरले त्यसपछि ३९ बलमा ८९ रन बनाउँदै कठिन अवस्थाबाट बलियो योगफलमा पुगेको थियो ।

ग्लेन म्याक्सवेलले ३४ बलमा ७ चौका र २ छक्कासहित ५५ रन बनाए । शहबाज अहमद २१ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । छैटौं विकेटका लागि शहबाज र दीनेशले ५२ बलमा ९७ रनको अविजित साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका हुन् ।
दोस्रो ओभरको पहिलो बलमा शार्दुल ठाकुरले ओपनर अनुज रावतलाई शून्यमा एलबीडब्लू आउट गरे ।

कप्तान फाफ डु प्लेसिस खलिल अहमदको बलमा प्वाइन्टमा अक्षर पटेलबाट ८ रनमा समातिन पुगे । विराट कोहली १२ रनमा रन आउट हुन पुगेका थिए । दीनेश कार्तिकले १८ औं ओभरमा तीव्र गतिका बलर मुश्ताफिजुर रहमानलाई ४ चौका र २ छक्कासहित कुल २८ रन जोडेका थिए । कार्तिकले सुरुवाती तीन बलमा चौका, त्यसपछिका दुई बलमा छक्का र अन्तिम बलमा चौका सहित ठूलो ओभरमा परिणत गरेका थिए ।

दिल्लीका शार्दुल ठाकुर, कुलदीप यादव, खलिल अहमद र अक्षर पटेलले १-१ विकेट लिए । दिल्लीले अव बुधबार पन्जाब किंग्ससँग खेल्नेछ । बेंगलोरले मंगलबार लखनऊ सुपर जायन्ट्सँग खेल्नेछ । आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किंग्स तथा दोस्रो खेलमा गुजरात टइटन्स र चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

अंक तालिका

गुजरात ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण शीर्षस्थानमा छ । लखनऊ ६ खेलमा ४ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । समान ८ अंक भएपनि शीर्ष तीन टोली नेटरनरेटको आधारमा तय भएका छन् ।

राजस्थान रोयल्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ चौथो स्थानमा छ । पन्जाब ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा पुगेको छ ।

हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा छ । दिल्ली ५ खेलमा २ मा जित र ३ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ५ खेलमा १ मा जित र ४ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ६ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.