default_image

4 years ago

April 18, 2022

मिलरको सानदार ब्याटिङमा चेन्नईमाथि गुजरातको रोमान्चक जित

188 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर डेविड मिलरको सानदार ब्याटिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । गुजरात पाँच जितमा १० अंकका साथ शीर्षस्थानमा यथावत छ ।

१ सय ७० रनको विजयी लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा डेविड मिलरले ५१ बलमा ८ चौका र ६ छक्कासहित ९४ रनको उत्कृष्ट अविजित इनिङ खेले । गुजरातलाई अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । मिलरले क्रिस जोर्डनलाई तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै जित पक्का गराए । पाँचौं बलमा दुई रनका साथ खेल सकाए ।

त्यसअघि १८ बलमा ४८ रन चाहिँएको अवस्थामा क्रिस जोर्डनलाई कप्तान राशिद खानले १८ औं ओभरमा ३ छक्का र १ चौका सहित कुल २५ रन जोडेपछि जितको टनिङ प्वाइन्ट बनेको थियो । कार्यवाहक कप्तान समेत रहेका राशिद खान २१ बलमा २ चौका र ३ छक्कासहित ४० रनमा आउट भए ।

गुजरातका अन्य ब्याटर भने चल्न सकेनन् । ओपनर ऋद्धिमान शाह ११, शुभमन गिल र विजय शंकर शून्यमा आउट हुँदा १६–३ को अवस्थामा पुगेको थियो । अभिनभ मनोहर १२ रनमा आउट हुँदा ४८–४ को कमजोर अवस्थाबाट उत्कृष्ट जित हात पारेको हो । चेन्नईका ड्वेन ब्राभोले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । महेश थिक्सेनाले २, रविन्द्र जडेजा र मुकेश चौधरीले १–१ विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले ४८ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७३ रन बनाए ।

गायकवाडले अर्धशतकका साथ लयमा फर्किएको संकेत दिएका छन् । एक समय चेन्नई विशाल योगफलको बाटोमा अघि बढेपनि अन्तिम ६ ओभरमा आक्रामक क्रिकेट खेल्न नसक्दा मध्यम योगफलमै रोकिन पुग्यो । चेन्नईले १४ ओभरमा २ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । बाँकी ३६ बलमा ३ विकेट गुमाउँदै ४५ रन मात्र बनाउन सक्यो ।

ओपनर रोबिन उथप्पा मोहम्मद शामीको बलमा ३ रनमा एलबीडब्लू आउट भए । मोईन अलीलाई अल्जारी जोशेफले १ रनमा बोल्ड गरे । तेस्रो विकेटका लागि अम्बाती रायुडू र गायकवाडले ५६ बलमा ९२ रनको साझेदारी गरेका थिए । रायुडू ३१ बलमा ४ चौका र २ छक्कासहित ४६ रनमा आउट भए ।

गुजरातका अल्जारी जोशेफले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी र यश दयालले १(१ विकेट लिए । गुजरातका कप्तान हार्दिक पान्ड्या चोटका कारण उपब्ध छैनन् । त्यसैले गुजरातको कप्तानी राशिद खानले गरेका थिए ।

अंक तालिका

गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । लखनऊ ६ खेलमा ४ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । हैदराबाद ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण चौथो स्थानमा छ ।

राजस्थान रोयल्स ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा पुगेको छ । पन्जाब ६ खेलमा ३ मा जित र ३ मा हार सहित सातौं स्थानमा छ ।

दिल्ली ५ खेलमा २ मा जित र ३ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ६ खेलमा १ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ६ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.