default_image

4 years ago

April 18, 2022

बटलरको सानदार शतकमा कोलकातालाई विशाल लक्ष्य

200 views

0 Bookmark

एजेन्सी –ओपनर जस बटलरको सानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय १८ रनको विशाल लक्ष्य दिएको छ ।

ब्रेबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका जस बटलरले ६१ बलमा ९ चौका र ५ छक्का सहित १ सय ३ रनको योग्दान दिए । बटरलको जारी सिजनमा दोस्रो शतक हो ।

आइपिएल करिअरको तेस्रो शतक हो । बटलरले यस अघि यसै सिजनमा मुम्बईविरुद्ध ६८ बलमा ११ चौका र ५ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

ओपनर बटलर र देवदत्त पाडिक्कलले पहिलो विकेटका लागि ९.४ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पाडिक्कल सुनिल नारायणको बलमा १८ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा बोल्ड आउट भए । कप्तान सन्जु स्यामसनले १९ बलमा ३ चौका र २ छक्का सहित ३४ रन बनाए ।

बटलरले १७ औं ओभरको पहिलो बलमा प्याट कमिन्सलाई छक्का प्रहार गर्दै ५९ बलमा शतक प्रहार गरेका थिए । शिम्रन हेटमायर १३ बलमा २ चौका र २ छक्कासहित २६ रनमा अविजित रहे । कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए । प्याट कमिन्स, शिवम माभी र आन्द्रे रसेलले १(१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.