default_image

4 years ago

April 19, 2022

चहलको ह्याट्रिक र बटलरको शतकसँगै राजस्थानको रोमान्चक जित

189 views

0 Bookmark

एजेन्सी – स्पिनर युजभेन्द्र चहलको ह्याट्रिक र जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ ।

२ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा २ सय १० रनमा अल आउट भयो । कोलकाताका कप्तान श्रेयस ऐरले ५१ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ८५ रन बनाए । आरोन फिन्चले २८ बलमा ९ चौका र २ छक्कासहित ५८ रनमा आउट भए ।

कोलकातालाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो । पहिलो बलमा ओवेद म्याककोयले दुई र दोस्रो बलमा शेल्डन ज्याकसनलाई फाइन लेगमा क्याच गराए । तेस्रो बलमा बरुण चक्रवर्तीले एक रन दिँदै स्ट्राइक उमेद यादवलाई दिए । चौथो बलमा उमेश यादव २१ रनमा बोल्ड आउट भएपछि राजस्थानले रोमान्चक जित हात पारेको थियो । यादवले ९ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

ओपनर सुनिल नारायण कुनै बल नखेली रन आउट भए । तर दोस्रो विकेटका लागि फिन्च र श्रेयस ऐरले ९ ओभरमा १ सय ७ रनको साझेदारी गरेपछि राजस्थान नै दबाबमा परेको थियो । फिन्च प्रसिद्ध कृष्णको बलमा प्वाइन्ट सट खेल्नेक्रममा करुण नायरबाट क्याच भए । नितिश राणा ११ बलमा १ चौका र १ छक्कासहित १८ रनमा आउट भए ।

कोलकातालाई ४२ बलमा ७० रन जितको लागि चाहिँएको थियो । आन्द्रे रसेल स्पिनर रविचन्द्रन आश्विनको १४ औं ओभरको चौथो बलमा गोल्डेन डक आउट भए । रसेल आश्विनको क्यारम बलमा बोल्ड हुन पुगे । कप्तान सन्जु स्यामसनले श्रेयस ऐरलाई ब्यक्तिग ६६ रनमा ठूलो जीवनदान दिएका थिए । तीव्र गतिका बलर आवेद म्याकोयको १५ औं ओभरको दोस्रो बलमा एज लागेपनि स्यामसनले सहज क्याच ड्रप गरेका थिए ।

श्रेयस ऐर स्पिनर युजभेन्द्र चहलको १६ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट भए । रिभ्यु लिएपनि ऐर सफल हुन सकेनन् । जुन समय कोलकातालाई जितको लागि २० बलमा ३८ रन चाहिँएको थियो । तर लगत्तै अर्को बलमा शिवम माभी लङअनमा क्याच आउट भए । अन्तिम बलमा चहलले प्याट कमिन्सलाई कट विहान्ड गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।


त्यसअघि पहिलो बलमा वेंकटेश ऐर ६ रनमा स्टम्पिङ आउट भएका थिए । चहलले एकै ओभरमा चार विकेट लिएपछि राजस्थान हाबी बनेको थियो । १८ बलमा कोलकातालाई ३८ रन चाहिँएको थियो । १८ औं ओभरमा उमेश यादवले टे«न्ट बोल्टलाई एक चौका र २ छक्कासहित २० रन जोडेपछि खेल थप रोचक बनेको थियो ।

अन्तिम १२ बलमा १८ रन चाहिँएको थियो । १९ औं ओभरमा प्रसिद्ध कृष्णले ७ रन मात्र खर्चिए । युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर आवेद म्याकोयले २, रविचन्द्रन आश्विन र प्रसिद्ध कृष्णले १-१ विकेट लिए ।

त्यसअघि ब्रेबोन क्रिकेट स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १७ रन बनायो । राजस्थानका जस बटलरले ६१ बलमा ९ चौका र ५ छक्का सहित १ सय ३ रनको योग्दान दिए । बटरलको जारी सिजनमा दोस्रो शतक हो ।

आइपिएल करिअरको तेस्रो शतक हो । बटलरले यस अघि यसै सिजनमा मुम्बईविरुद्ध ६८ बलमा ११ चौका र ५ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । ओपनर बटलर र देवदत्त पाडिक्कलले पहिलो विकेटका लागि ९.४ ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

पाडिक्कल सुनिल नारायणको बलमा १८ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा बोल्ड आउट भए । कप्तान सन्जु स्यामसनले १९ बलमा ३ चौका र २ छक्का सहित ३४ रन बनाए ।

बटलरले १७ औं ओभरको पहिलो बलमा प्याट कमिन्सलाई छक्का प्रहार गर्दै ५९ बलमा शतक प्रहार गरेका थिए । शिम्रन हेटमायर १३ बलमा २ चौका र २ छक्कासहित २६ रनमा अविजित रहे । कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए । प्याट कमिन्स, शिवम माभी र आन्द्रे रसेलले १-१ विकेट लिए ।

अंक तालिका

गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

लखनऊ ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ । बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ ।

कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ६ खेलमा ३ मा जित र ३ मा हार सहित सातौं स्थानमा छ । दिल्ली ५ खेलमा २ मा जित र ३ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ६ खेलमा १ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ६ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.