default_image

4 years ago

April 19, 2022

डु प्लेसिस शतक बनाउन चुके, कोहली गोल्डेन डक

156 views

0 Bookmark

एजेन्सी – कप्तान फाफ डु प्लेसिस शतक बनाउन चुक्दा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३१ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १ सय ८२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । बेंगलोरका कप्तान फाफ डु प्लेसिसले ६४ बलमा ११ चौका र २ छक्कासहित ९६ रनमा आउट भए । डु प्लेसिसलाई शतक बनाउन अन्तिम ओभरमा ६ रन चाहिँएको थियो ।

डु प्लेसिसले पहिलो बलमा एक रन मात्र बटुले । पाँचौं बलमा जेसन होल्डरले मार्कस स्टोइनिसबाट क्याच हुन पुगेपछि शतक बनाउन चुके । बेंगलोरले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । तीव्र गतिका बलर दुश्मन्था चामिराको पहिलो ओभरको पाँचौं बलमा ओपनर अनुज रावतले लङअफमाथि सट प्रहार गर्न खोज्नेक्रममा मिडअफमा ४ रनमा लोकेश राहुलबाट क्याच आउट भए ।

लगत्तै अन्तिम बलमा विराट कोहलीले ब्याकवाड प्वाइन्टमा सट खेल्नेक्रममा दीपक हुडाबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के । कोहली आइपिएलमा चौथो पटक गोल्डेन डक भएका हुन् ।

पछिल्लो पटक २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध गोल्डेन डक भएका थिए । स्पिनर क्रुनाल पान्ड्याको बलमा स्विचहिट सट खेल्नेधुनमा ग्लेन म्याक्सवेल २३ रनमा जेसन होल्डरबाट समातिन पुगे ।

म्याक्सवेलले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे । होल्डरले सुयश प्रभुदेशाईंलाई १० रनमा क्याच गराए । पाँचौं विकेटका लागि फाफ डु प्लेसिस र शहबाज अहमदले ४८ बलमा ७० रनको साझेदारी गर्दै इनिङ उकासे ।

शहबाज अहमदले २६ र दीनेश कार्तिकले १३ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले २–२ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.