4 years ago
April 19, 2022
एजेन्सी – तीव्र गतिका बलर जोश हेजलवुडको उत्कृष्ट बलिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ । बेंगलोर पाँचौं जितसँगै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

१ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ८ विकेट गुमाउँँदै १ सय ६३ रन बनायो । लखनऊका क्रुनाल पान्ड्याले २८ बलमा ५ चौका र २ छक्कासहित ४२ रनमा आउट भए । मार्कस स्टोइनिसले १५ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । ओपनर क्विन्टन डि कक ६ र लोकेश राहुल ३० रनमा आउट भए ।
तीव्र गतिका बलर जोश हेजलवुडको बलमा डि कक एज लागेर फस्ट स्लिपमा ग्लेन म्याक्सवेलबाट क्याच भए । राहुल हर्षल पटेलको बलमा दीनेश कार्तिबाट क्याच भए । राहुलले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । मनिष पाण्डे, दीपक हुडा र आयुष बदोनीले १३–१३ रन बनाए ।
लखनऊलाई अन्तिम १२ बलमा जितको लागि ३४ रन चाहिँएको थियो । जोश हेजलवुडले १९ औं ओभरमा मार्कस स्टोइनिसलाई बोल्ड सहित ३ रन मात्र खर्चेपछि बेंगलोरको जित पक्का बनेको थियो ।
बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज र ग्लेन म्याक्सवेल १–१ विकेट लिए ।
त्यसअघि डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । बेंगलोरका कप्तान फाफ डु प्लेसिसले ६४ बलमा ११ चौका र २ छक्कासहित ९६ रनमा आउट भए । डु प्लेसिसलाई शतक बनाउन अन्तिम ओभरमा ६ रन चाहिँएको थियो ।

डु प्लेसिसले पहिलो बलमा एक रन मात्र बटुले । पाँचौं बलमा जेसन होल्डरले मार्कस स्टोइनिसबाट क्याच हुन पुगेपछि शतक बनाउन चुके । बेंगलोरले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । तीव्र गतिका बलर दुश्मन्था चामिराको पहिलो ओभरको पाँचौं बलमा ओपनर अनुज रावतले लङअफमाथि सट प्रहार गर्न खोज्नेक्रममा मिडअफमा ४ रनमा लोकेश राहुलबाट क्याच आउट भए ।
लगत्तै अन्तिम बलमा विराट कोहलीले ब्याकवाड प्वाइन्टमा सट खेल्नेक्रममा दीपक हुडाबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के । कोहली आइपिएलमा चौथो पटक गोल्डेन डक भएका हुन् ।
पछिल्लो पटक २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध गोल्डेन डक भएका थिए । स्पिनर क्रुनाल पान्ड्याको बलमा स्विचहिट सट खेल्नेधुनमा ग्लेन म्याक्सवेल २३ रनमा जेसन होल्डरबाट समातिन पुगे ।

म्याक्सवेलले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे । होल्डरले सुयश प्रभुदेशाईंलाई १० रनमा क्याच गराए । पाँचौं विकेटका लागि फाफ डु प्लेसिस र शहबाज अहमदले ४८ बलमा ७० रनको साझेदारी गर्दै इनिङ उकासे । शहबाज अहमदले २६ र दीनेश कार्तिकले १३ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले २–२ विकेट लिए ।
अंक तालिका
गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ ।
राजस्थान रोयल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।
लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ ।
कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ६ खेलमा ३ मा जित र ३ मा हार सहित सातौं स्थानमा छ । दिल्ली ५ खेलमा २ मा जित र ३ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ६ खेलमा १ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ६ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]