4 years ago
April 21, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सर्वाधिक सफल दुई टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरुहुनेछ ।

चेन्नई र मुम्बईबीचको खेललाई आइपिएलको एल क्लासिको पनि भन्ने गरिन्छ । पाँच पटकको च्याम्पियन मुम्बई पहिलो जितको खोजीमा छ । मुम्बईले आफ्नो इतिहासकै खराब सुरुवात गर्दै ६ खेलमा अंक बिहीन हुँदै पुछारमा छ । नवौं स्थानमा रहेको चेन्नई दोस्रो जितको खोजीमा हुनेछ । सर्वाधिक दुई सफल टोली चेन्नई र मुम्बई यस पटक भने पुछारमा छन् ।
मुम्बई पछिल्लो खेलमा लखनऊ सुपर जायन्ट्ससँग १८ रनले पराजित भएको थियो । मुम्बई ओपनर ईशान किशन र रोहित शर्माबाट उत्कृष्ट सुरुवात चाहन्छ । डेवाल्ड ब्रेभिस, सूर्य कुमार यादव र तिलक बर्मा राम्रो लयमा छन् । आक्रामक ब्याटर सूर्य र ब्रेभिस टोलीको नायक बन्न सक्छन् । फिनिसरमा काइरन पोलार्ड छन् । पोलार्डबाट मुम्बई उत्कृष्ट अन्त्य चाहन्छ । मुम्बईको ब्याटिङमा भने खासै गहिराई छैन । तल्लोक्रममा फबिएन एलेन र जयदेव उनादकट हुनेछन् ।

मुम्बईको तीव्र गतिको बलरमा जस्प्रित बुमराह, जयदेव र टाइमल्स मिल्स छन् । पछिल्लो खेलमा ३ ओभरमा ५४ रन खर्चेका मिल्सको स्थानमा आज अर्जुन तेनदुलकरलाई डेब्यू दिनसक्छ । राम्रो जोडी नपाउँदा बुमराहको प्रदर्शन पनि अपेक्षा अनुसार छैन । यता चेन्नई पछिल्लो खेलमा गुजरात टाइटन्ससँग ३ विकेटको हार बेहोरेको थियो ।
राशिद खान र डेविड मिलरले सानदार प्रदर्शन गरेपछि चेन्नई पराजित हुन पुगेको थियो । ओपनर ऋतुराज गायकवाडले ७३ रन बनाउँदै लयमा फर्किएको संकेत दिएका थिए । जुन चेन्नईको लागि उक्त खेलको सर्वाधिक सकरात्मक पक्ष थियो । चेन्नईले आजको खेलमा मोईन अलीको स्थानमा डेभन कन्वेलाई मौका दिनसक्छ ।

अलीले यस सिजनमा लगातार खराब प्रदर्शन गरेका छन् । शिवम दुबे, अम्बती रायुडू र रोविन उथप्पाको प्रदर्शनले ब्याटिङमा धेरै फरक पार्नेछ । चेन्नईका स्पिनर महेश थिक्सनाले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । पछिल्लो खेलमा ३.५ ओभरमा ५८ रन खर्चेका क्रिस जोर्डनको स्थानमा एडेम मिल्नेको सम्भावना छ ।
चार पटकको च्याम्पियन चेन्नईलाई प्लेअफमा पुग्न बाँकी सबै खेलमा जित निकाल्नुपर्ने दबाब छ । पहिलो पटक कप्तानी गरेका रविन्द्र जडेजा टोलीको नतिजाले थप दबाबमा छन् ।
हेड टु हेड :
चेन्नई र मुम्बईबीच आइपिएलमा ३२ खेल भएका छन् । जसमा मुम्बई १९ र चेन्नई १३ खेलमा विजयी भएका छन् । मुम्बईले जितेका पाँच मध्य तीन उपाधि फाइनलमा चेन्नईलाई नै हराएर जितेको छ ।
अंक तालिका
गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ ।
राजस्थान रोयल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ ।
दिल्ली ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ ।
कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातैं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ६ खेलमा १ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ६ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]