default_image

4 years ago

April 22, 2022

राजस्थानविरुद्ध दिल्ली : शीर्ष ब्याटर र बलरको प्रतिस्पर्धा

187 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३४ औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरुहुनेछ ।

राजस्थान पाँचौं जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा छ । सञ्जु स्यामसनको कप्तानीमा रहेको राजस्थान ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै अंक तालिकामा तेस्रो स्थानमा छ । आजको खेलमा विजयी हुँदा राजस्थानले शीर्षस्थानमा रहेको गुजरात टाइटन्सलाई पछि पार्नेछ ।

यता ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली ६ खेलमा ३ मा जित र ३ मा हारसहित छैटौं स्थानमा छ । दिल्ली चौथो जितका साथ अंक तालिकामा तेस्रो स्थानमा उक्लिने सोचमा छ । दिल्लीका डेविड वार्नर र राजस्थानका जस बटलर राम्रो लयमा छन् । डेविड वार्नरले पछिल्ला तीन खेलमा अर्धशतक प्रहार गरेका छन् ।

राजस्थानका ओपनर जस बटलरले यस सिजनमा २ शतक र २ अर्धशतक सहित कुल ३ सय ७५ रन बनाएका छन् । बटलरले कोलकाता नाइट राइडर्सविरुद्ध १ सय ३ र मुम्बईविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । वार्नर र बटलर दुबै आक्रामक ब्याटर हुन् । टोलीका प्रमुख ब्याटर हुन् । आजको खेलमा यी दुई खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

भारतीय चर्चित स्पिनर जोडी कुलदीप यादव र युजभेन्द्र चाहल पनि एक अर्काविरुद्ध भिड्ने छन् । चाहल राजस्थान र कुलदीप दिल्लीबाट खेलेका छन् । दुबैको प्रदर्शन उत्कृष्ट छ । चाहलले १७ र कुलदीपले १३ विकेटका साथ शीर्ष र दोस्रो स्थानमा छन् । चाहल दिल्लीको र कुलदीप राजस्थानको मध्यक्रम धरासय बनाउन खोज्नेछन् । चहलले पछिल्लो खेलमा कोलकातासँग ह्याट्रिक सहित पाँच विकेट लिएका थिए ।

राजस्थानका सन्जु र दिल्लीका ऋषभ पन्त दुबै आक्रामक ब्याटर हुन् । राजस्थानका शिम्रन हेटमायरले राम्रो प्रदर्शन गरेका छन् । दिल्लीका रोभम्यान पावेलले संघर्ष गरेका छन् । उनीबाट दिल्ली विष्फोटक ब्याटिङ चाहन्छ । राजस्थानमा ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र ओबेद म्याककोय तीव्र गतिका हतियार हुन् । दिल्लीमा शार्दुल ठाकुर, खलिल अहमद र मुश्ताफिजुर रहमान छन् ।

दिल्लीले पछिल्लो खेलमा पन्जाबलाई ९ विकेट र राजस्थानले कोलकातालाई ७ रनले हराएको थियो । पछिल्लो खेलमा जितको कारण दुबैको मनोबल उच्च छ । दिल्ली र राजस्थानबीचको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।

हेड टु हेड :

आइपिएलमा दिल्ली र राजस्थानबीच कुल २४ खेल भएका छन् । दुबै टोलीले १२–१२ मा जित हात पारेका छन् । पछिल्ला पाँच खेल मध्य ४ मा दिल्ली विजयी भएको छ ।

अंक तालिका

गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ ।

राजस्थान रोयल्स ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ । दिल्ली ६ खेलमा ३ मा जित र ३ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ ।

कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातैं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ७ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.