default_image

4 years ago

April 22, 2022

बटलरको लगातार दोस्रो सानदार शतक

249 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सका ओपनर जस बटलरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो शतक प्रहार गरेका छन् । बटलरले शुक्रबार दिल्ली क्यापिटल्सविरुद्ध आफ्नो यस सिजनको तेस्रो र लगातार दोस्रो उत्कृष्ट शतक प्रहार गरेका हुन् ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले १६ ओभरमा १ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको छ । बटलर ५८ बलमा ८ चौका र ८ छक्कासहित १ सय १ रनमा अविजित छन् । बटलरले ५७ बलमा शतक पूरा गरे । बटलरले १६ औं ओभरको पाँचौं बलमा खलिल अहमदलाई मिडविकेटमा दुई रन प्रहार गर्दै शतक पूरा गरेका थिए ।

बटलर शिखर धवनपछि आइपिएलमा लगातार शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । दिल्ली क्यापिटल्सबाट धवनले २०२० मा दुई लगातार शतक प्रहार गरेका थिए । बटलरले यसअघि कोलकाता नाइट राइडर्ससँग ६१ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनको इनिङ खेलेका थिए । मुम्बईसँग उनले ६८ बलमा ११ चौका र ५ छक्कासहित १ सय रनको अविजित इनिङ खेलेका थिए । बटलरको आइपिएल करिअरको भने चौथो शतक हो । बटलरले २०२१ मा सनराइजर्स हैदराबादविरुद्ध ६४ बलमा १ सय २४ रनको इनिङ खेलेका थिए ।

आइपिएलमा एकै सिजनमा सर्वाधिक शतक विराट कोहलीले प्रहार गरेका छन् । रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीले २०१६ मा एकै सिजनमा ४ शतक प्रहार गरेका थिए । २०१६ मा कोहलीले ४ शतक र ७ अर्धशतकसहित कुल ९ सय ७३ रन बनाएका थिए । बटलरले यस सिजनमा ७ खेलमानै ४ सय ७५ माथि रन बनाई सकेका छन् । कोहलीको उक्त कीर्तिमान तोड्ने संकेत देखाएका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.