4 years ago
April 22, 2022
एजेन्सी – ओपनर जस बटलरको लगातार दोस्रो शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई २ सय २३ रनको विशाल लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २२ रन बनायो । राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित १ सय १६ रनको उत्कृष्ट इनिङ खेले । बटलरले खलिल अहमदको १६ औं ओभरको पाँचौं बलमा मिड विकेटमा दुई रन बटुल्दै ५७ बलमा शतक पूरा गरेका थिए ।
बटलरको यो जारी आइपिएलमा लगातार दोस्रो र यस सिजनको तेस्रो शतक हो । बटलरको आइपिएल करिअरको भने चौथो शतक हो । बटलरले २०२१ मा सनराइजर्स हैदराबादविरुद्ध ६४ बलमा १ सय २४ रनको इनिङ खेलेका थिए । उच्च लयमा रहेका बटलरले यस सिजनमा सुरुवाती ७ खेलमै तीन शतक प्रहार गरेका हुन् । बटलर शिखर धवनपछि आइपिएलमा लगातार दोस्रो शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । दिल्ली क्यापिटल्सबाट धवनले २०२० मा लगातार दुई शतक प्रहार गरेका थिए ।

बटलर विराट कोहलीपछि एकै सिजनमा तीन शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । रोयल च्यालेन्जर्स बेंगलोरबाट कोहलीले २०१६ मा ४ शतक प्रहार गरेका थिए । यस सिजनमा बटलरले कोलकाता नाइट राइडर्ससँग १ सय ३ रन र मुम्बईसँग १ सय रनको शतकीय इनिङ खेलेका थिए । पछिल्लो खेलमा कोलकातासँग सानदार शतक प्रहार गरेका बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिएका हुन् ।
पहिलो विकेटका लागि जस बटलर र देवदत्त पाडिक्कलले १५.१ ओभरमा १ सय ५५ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।
खलिल अहमदको बलमा एलबीडब्लू आउट हुनुअघि पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए ।
कप्तान सञ्जु स्यामसन १९ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे । बटलर मुश्ताफिजुर रहमानको १९ औं ओभरको अन्तिम बलमा लङअनमा डेविड वार्नरबाट क्याच आउट भएका । दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]