default_image

3 years ago

April 22, 2022

दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

227 views

0 Bookmark

एजेन्सी – ओपनर जस बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ । राजस्थानले शुक्रबार राती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै १० अंकका साथ शीर्षस्थानमा उक्लिएको हो ।

जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनायो । दिल्लीका कप्तान ऋषभ पन्तले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४४ रन बनाए । रोभम्यान पावेल १५ बलमा ५ छक्कासहित ३६ रनमा आउट भए ।

दिल्लीलाई जितको लागि अन्तिम ६ बलमा ३६ रन चाहिँएको थियो । रोभम्यान पावेलले तीव्र गतिका बलर ओबेद म्याककोयलाई सुरुवाती तीन बलमा सानदार छक्का प्रहार गरेपछि दिल्लीको आशा पलाएको थियो ।

तेस्रो हाइट बलमा नो माग्दै ऋषभ पन्तले खेलाडीनै बाहिर बलाएका थिए । तर खेलाडी आएनन् । पन्तलाई डग आउटमा रहेका शेन वाटसनले सम्झाएका थिए । चौथो बल डट राखेपछि दिल्लीको जित टाढिएको थियो । पाँचौं बलमा दुई रन र अन्तिम बलमा पावेल क्याच आउट भए ।

ओपनर डेविड वार्नर १४ बलमा ५ चौका र १ छक्कासहित २८ रनमा क्याच आउट भए । अर्का ओपनर पृथ्वी शा २७ बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । शा स्पिनर रविचन्द्रन आश्विनको क्यारम बलमा टे«न्ट बोल्टबाट कभरमा क्याच भए । शरफराज खान र अक्षर पटेल १–१ रनमा आउट भए ।

युवा ब्याटर ललित यादव २४ बलमा ३ चौका र २ छक्कासहित ३७ र शार्दुल ठाकुर १० रनमा आउट भए । राजस्थानका तीव्र गतिका बलर प्रसिद्ध कृष्णले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित १ सय १६ रनको उत्कृष्ट इनिङ खेले ।

बटलरको यो जारी आइपिएलमा लगातार दोस्रो, यस सिजनको तेस्रो र आइपिएल करिअरको चौथो शतक हो । उच्च लयमा रहेका बटलरले यस सिजनमा सुरुवाती ७ खेलमै तीन शतक प्रहार गरेका हुन् । बटलर शिखर धवनपछि आइपिएलमा लगातार दोस्रो शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । दिल्ली क्यापिटल्सबाट धवनले २०२० मा लगातार दुई शतक प्रहार गरेका थिए ।

बटलर विराट कोहलीपछि एकै सिजनमा तीन शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । रोयल च्यालेन्जर्स बेंगलोरबाट कोहलीले २०१६ मा ४ शतक प्रहार गरेका थिए । यस सिजनमा बटलरले कोलकाता नाइट राइडर्ससँग १ सय ३ रन र मुम्बईसँग १ सय रनको शतकीय इनिङ खेलेका थिए । बटलरले २०२१ मा सनराइजर्स हैदराबादविरुद्ध ६४ बलमा १ सय २४ रनको इनिङ खेलेका थिए । पछिल्लो खेलमा कोलकातासँग सानदार शतक प्रहार गरेका बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिएका हुन् ।

पहिलो विकेटका लागि जस बटलर र देवदत्त पाडिक्कलले १५.१ ओभरमा १ सय ५५ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।
खलिल अहमदको बलमा एलबीडब्लू आउट हुनुअघि पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए ।

कप्तान सञ्जु स्यामसन १९ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे । बटलर मुश्ताफिजुर रहमानको १९ औं ओभरको अन्तिम बलमा लङअनमा डेविड वार्नरबाट क्याच आउट भएका । दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए । दिल्लीले अव बिहीबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । राजस्थानले मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ ।

अंक तालिका

राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ ।

कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातैं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ७ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 14, 2024

कुशलको अर्धशतकमा चितवनको बलियो लक्ष्य तयार

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]

December 14, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]

December 14, 2024

पोखरालाई हराउँदै काठमाडौंको प्लेअफ नजिक

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर स्टेफन स्किनाजीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध शनिवार सहज निकाल्दै काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग(एनपिएल) को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको सहज जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । काठमार्डौका ओपनर स्किनाजीले सर्वाधिक […]

Success

Thank you for your time.