default_image

4 years ago

April 23, 2022

अम्पायरको निर्णयमा असन्तुष्ट पन्तले खेलाडीलाई मैदान बाहिर बोलाएपछि…

179 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३४ औं खेलमा शुक्रबार राती दिल्ली क्यापिटल्स राजस्थान रोयल्ससँग १५ रनले पराजित हुन पुग्यो । जितका लागि २ सय २३ रनको विजयी पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनायो ।

दिल्लीलाई जितको लागि अन्तिम ६ बलमा ३६ रन चाहिँएको थियो । दिल्लीका रोभम्यान पावेलले तीव्र गतिका बलर ओबेद म्याककोयलाई सुरुवाती तीन बलमा लगातार सानदार छक्का प्रहार गरे । पावेलले पहिलो बल लङअफ र दोस्रो बल कभरमा छक्का प्रहार गर्दै पावेलले वातावरण फेरे । वेस्टइन्डिजका यी दुई खेलाडीबीचको प्रदर्शन रोचक भयो । तेस्रो फुलटस बलमा उनले मिडविकेटमा छक्का प्रहार गरेपछि दिल्लीको आशा जगाए ।

पावेलले ६ छक्काको झल्को दिए । तर खेलले त्यसपछि नयाँ मोड लियो । हाइटको नो बलको ईशारा डग आउटमा बसेका दिल्लीका कप्तान ऋषभ पन्त, ब्याटिङ प्रशिक्षक प्रविन अमरे, साहयक प्रशिक्षक शेन वाटसन र ओपनर डेविड वार्नरले गरेका थिए । पन्तसहित दिल्लीको डग आउटबाट नो बल भएको हुँदा थर्ड अम्पारलाई रिभ्यु लिदै दिन आग्रह थरेका थिए । तर अम्पायर नितिन मेननले मानेनन् ।

दिल्लीको बेन्च साइट लङअनमा रहेका रिजर्भ अम्पायर सदाशिव ऐरसँग शार्दुल ठाकुर र खलिल अहमदले छलफल गरे । पावेल र कुलदीप यादवले पनि असन्तुष्ट अम्पायर नितिनसँग छलफल गरे । मैदान बाहिर भने आएनन् । मैदानमा युजभेन्द्र चाहलले कुलदीप यादवलाई सुरुमै सम्झाए । पन्त बेन्चबाट उठेर रिभ्यु लिनु पर्ने बताएका थिए ।

अम्पायरले नदिएपछि खेलाडीलाई खेल नै छाडेर दुबै ब्याटरलाई मैदान बाहिर आउन निरन्तर आग्रह गरेका थिए । पन्तको अनुहारमा आक्रोश र निराशा दुबै झल्किन्थ्यो । पन्तले ब्याटिङ प्रशिक्षक आमरेलाई मैदानमा गएर अम्पायरसँग कुरा गर्न पठाए । अमरे पनि नितिनसँग छलफल गरे । तर थर्ड अम्यायर सम्म भने पुगेन ।

दिल्लीका सहायक प्रशिक्षक शेन वाटसनले पन्तलाई सम्झाउँदै खेललाई निरन्तरता गर्न भने । राजस्थान रोयल्सका ओपनर जस बटलरले पनि पन्तलाई नजिक पुगेर सम्झाए । तर लगातार तीन छक्काको वातावरण रोकिएको थियो । म्याककोयले चौथो बलमा स्वलोवर फ्याँल्दै बल डट गराए । पाँचौं बलमा दुई रन खर्चिदा अन्तिम बलमा पावेल सन्जु स्यामसनबाट क्याच भए । राजस्थानका स्पिनर रविचन्द्रन आश्विनले मोमेन्ट रोकिँदा आफूहरुलाई फाइदा भएको खेलपछि बताए।

‘मैले सोचे कि नो बल हाम्रो लागि बहुमूल्य हुनसक्छ । तर त्यो मेरो नियन्त्रणमा भने छैन । अम्पायरको निर्णयमा निराश छु । तर यस बारे धेरै गर्न सकिदैन । मैदानमा सबैले देखेका थिए । मलाई लाग्छ थर्ड अम्पायरले हस्तक्षेप गर्दै नो बल दिनुपर्दथ्यो’, पन्तले खेलपछि भने ।

‘पक्कैपनि आमरेलाई मैदान पठाउने निर्णय सहि थिएन । जे पनि भयो त्यो ठिक होईन । त्यो क्षण निकै आक्रोशमय थियो । दुबै पक्षबाट गल्ती भएको हो । यो निराशजनक छ । प्रतियोगितामा हामीले केहि राम्रो अम्पायरिङ पनि देखेका छौं’, पन्तले भने ।

रोयल च्यालेन्जर्स बेंगलोरका आक्रामक ब्याटर ग्लेन म्याक्सवेलले भने अम्पायरलाई ब्यङ्ग्य शैलीमा आलोचना गरेका छन् । ‘अम्पायरले खुट्टाको प्रत्येक बल नो बल जाँच गर्दछन् । तर हाइ फुलटस बल किन जाँच गर्दैनन्, अर्थ लाग्छ, म्याक्सवेलले ट्वीट गरेका छन् ।’

भिडियो फुटेज हेर्दा भने नो बल देखिन्छ । तर पन्तको मैदानमा जुन शैली देखाए त्यो भने खेल भावना विपरित छ । सन् २०१९ मा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले राजस्थानविरुद्ध हाइ फुलटस बलमा अम्पायरले नो बल नदिएपछि मैदानमै छिरेर आक्रोश ब्यक्त गरेका थिए । त्यस समय धोनीलाई म्याच फि को ५० प्रतिशत जरिवना लागेको थियो ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित १ सय १६ रनको उत्कृष्ट इनिङ खेले ।

बटलरको यो जारी आइपिएलमा लगातार दोस्रो, यस सिजनको तेस्रो र आइपिएल करिअरको चौथो शतक हो । कप्तान सञ्जु स्यामसन १९ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनमा अविजित रहे । दिल्लीले अव बिहीबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । राजस्थानले मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ ।

राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.