4 years ago
April 23, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३५ औं खेलमा आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरुहुनेछ ।

हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । श्रेयस ऐरको कप्तानीमा रहेको कोलकाता ७ खेलमा ३ मा जित र ४ मा हार सहित ६ अंकका साथ सातौं स्थानमा छ । कोलकाता चौथो र गुजरात शीर्षस्थानमा उक्लिने सोचमा मैदान उत्रनेछन् ।
पछिल्लो खेलमा गुजरातले चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गरेको थियो । उक्त खेलमा डेविड मिलरले ५१ बलमा ८ चौका र ६ छक्कासहित ९४ रनको इनिङ खेल्दै एक सानदार जित दिलाएका थिए । गुजरातको शीर्षक्रम ब्याटिङ भने कमजोर छ । ओपनर सुभमन गिल ऋद्धिमान शाह छन् । दुबै खेलमा खराब प्रदर्शन गरेका विजय शंकरको स्थानमा आज शाई सुदर्शनलाई मौका दिने सम्भावना छ ।

तीव्र गतिका बलर लोकी फर्गुसन, मोहम्मद शामी र अल्जारी जोशेफ तीव्र गतिका बलर हुन् । स्पिनर राशिद खान प्रमुख हतियार हुन् । चेन्नईविरुद्ध राखिद खानले कप्तानी गरेका थिए । हार्दिक पान्ड्या फिट भएको अवस्थामा विजय शंकर बेन्चमा बस्नेछन् । फिट नभएमा विजयको स्थानमा सुदर्शनको सम्भावना छ । गुजरातमा अन्य परिवर्तनको सम्भावना छैन ।
कोलकाता पछिल्लो खेलमा राजस्थान रोयल्ससँग ७ रनले पराजित भएको थियो । २ सय १८ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय १० रनमा अल आउट भएको थियो । कप्तान श्रेयस ऐरले ५१ बलमा ८५ रनको इनिङ खेलेका थिए । अन्त्यमा स्पिनर युजभेन्द्र चाहलले एकै ओभरमा ह्याट्रिक सहित चार विकेट लिएपछि कोलकाताले हारको सामना गर्नु परेको थियो ।

आन्द्रे रसेल कोलकाताका प्रमुख हतियार हुन् । विष्फोटक ब्याटिङको लागि चिनिने रसेल चलेको खण्डमा कोलकाताको जित सहज हुनेछ । राजस्थानसँग उनी रविचन्द्रन आश्विनको बलमा गोल्डेन डक बोल्ड भएका थिए । ओपनर आरोन फिन्चले राजस्थानसँग ५८ रन बनाउँदै लयमा फर्किएको संकेत दिएका छन् । यस सिजनमा वेंकटेश ऐर भने चल्न नसक्दा कोलकाता केहि चिन्तामा छ ।
मध्यक्रममा नितिश राणाको प्रदर्शन महत्वपूर्ण हुनेछ । प्याट कमिन्स, शिवम माभी र उमेद यादव तीव्र गतिका बलर हुन् । स्पिनरमा बरुण चक्रवर्ती र सुनिल नारायण छन् । कमिन्स पनि विश्फोटक ब्याटिङको क्षमता राख्छन् । यसै सिजनमा मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका थिए । तर इकोनमीमा भने ध्यान दिनुपर्ने हुन्छ ।
यस खेललाई कोलकाताका आन्द्रे रसेल र गुजरातका डेविड मिलरबीचको प्रदर्शनको रुपमा हेरिएको छ । यी दुई विष्फोटक ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । सुरुवाती समय दुबै लयमा देखिएका छन् । पछिल्लो खेलमा सानदार इनिङ खेलेको हुँदा मिलरको मनोबल उच्च छ । यता गोल्डेन डक आउट भएका रसेल उक्त रिस गुजरातसँग पोख्ने सोचमा हुनेछन् ।
अंक तालिका
राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ । गुजरात ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।
लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ ।
कोलकाता नाइट राइडर्स ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातैं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ७ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]