default_image

4 years ago

April 23, 2022

हार्दिकको लगातार तेस्रो अर्धशतकमा कोलकातालाई मध्यम लक्ष्य

247 views

0 Bookmark

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको लगातार तेस्रो अर्धशतकमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सलाई १ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ ।

डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । गुजरातका हार्दिक पान्ड्याले ४९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । हार्दिकले चोटका कारण पछिल्लो चेन्नई सुपर किंग्ससँगको खेल गुमाएका थिए ।

आइपिएलमा हार्दिकको यो लगातार तेस्रो अर्धशतक हो । हार्दिकले राजस्थान रोयल्ससँग ५२ बलमा ८ चौका र ४ छक्कासहित ८७ रन र हैदराबादविरुद्ध ५० रनमा अविजित थिए ।

ओपनर सुभमन गिल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भएका थिए । अर्का ओपनर ऋद्धिमान शाह २५ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । डेविड मिलर २० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २७ रनमा क्याच आउट भए । राहुल टेवाटिया १७ रनमा आउट भए ।

कोलकाताका टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । साउथीलाई प्याट कमिन्सलाई बेन्चमा राखेर खेलाएको थियो । आन्द्रे रसेलले १ ओभरमा ५ रन खर्चेर ४ विकेट लिए । उमेश यादव र शिवम माभीको नाममा १–१ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.