default_image

4 years ago

April 23, 2022

रसेलको सानदार प्रदर्शनका बाबजुद कोलकाता पराजित

187 views

0 Bookmark

एजेन्सी – आन्द्रे रसेलले विष्फोटक ब्याटिङ र एकै ओभरमा चार विकेट लिएपनि कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ मा गुजरात टाइटन्ससँग ८ रनले पराजित भएको छ । यो जितसँगै हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात ७ खेलमा ६ मा जित र १ मा हार सहित शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । कोलकाताका आन्द्रे रसेलले २५ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ४८ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । अन्तिम ६ बलमा कोलकातालाई जितको लागि १८ रन चाहिँएको थियो ।

आन्द्रे रसेलले पहिलो बलमा अल्जारी जोशेफलाई छक्का प्रहार गरेपछि बाँकी ५ बलमा १२ रन चाहिँएको थियो । दोस्रो बलमा रसेल फर्गुसनबाट क्याच भएपछि कोलकाताको जित कठिन बनेको थियो । तेस्रो बलमा टिम साउथीलाई १ र चौथो बलमा उमेश यादवलाई २ रन खर्चिए । अन्तिम दुई बल डटका साथ जित दिलाए ।

रसेलले ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । दयालको १३ औं ओभरको तेस्रो बलमा बाउन्समा एज लागेर फाइन लेगमा क्याच भएपनि नो बलका कारण रसेलले जीवनदान पाएका थिए । तीव्र गतिका बलर मोहम्मद शामीले पहिलो ओभरको चौथो बलमा साम बिलिंग्सलाई ४ रनमा ऋद्धिमान शाहबाट क्याच गराए । उनी टप एज लागेर क्याच भए । शामीले नै फाइनल लेगमा लोकी फर्गुसनबाट सुनिल नारायणलाई ५ रनमा क्याच गराए ।

फर्गुसनको पाँचौं ओभरको दोस्रो बलमा नितिश राणा २ रनमा कट बिहाइन्ड आउट भए । युवा तीव्र गतिका बलर यश दयालले कप्तान श्रेयस ऐरलाई १२ रनमा शाहबाट क्याच गराएपछि कोलकाता ६.१ ओभरमा ३४–४ को कमजोर अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका वेंकटेश ऐर र रिन्कु सिंहले ४५ रनको साझेदारी गरेका थिए । रिन्कु दयालको बलमा एज लागेर शाहबाट ३५ रनमा आउट भए । उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । गुजरातका यश दयाल, मोहम्मद शामी र राशिद खानले २–२ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । गुजरातका हार्दिक पान्ड्याले ४९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाए । हार्दिकले चोटका कारण पछिल्लो चेन्नई सुपर किंग्ससँगको खेल गुमाएका थिए ।

आइपिएलमा हार्दिकको यो लगातार तेस्रो अर्धशतक हो । हार्दिकले राजस्थान रोयल्ससँग ५२ बलमा ८ चौका र ४ छक्कासहित ८७ रन र हैदराबादविरुद्ध ५० रनमा अविजित थिए । ओपनर सुभमन गिल दोस्रो ओभरको पहिलो बलमै १ रनमा आउट भएका थिए ।

अर्का ओपनर ऋद्धिमान शाह २५ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । डेविड मिलर २० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २७ रनमा क्याच आउट भए । राहुल टेवाटिया १७ रनमा आउट भए ।

कोलकाताका टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । साउथीलाई प्याट कमिन्सलाई बेन्चमा राखेर खेलाएको थियो । आन्द्रे रसेलले १ ओभरमा ५ रन खर्चेर ४ विकेट लिए ।

उमेश यादव र शिवम माभीको नाममा १–१ विकेट रह्यो । कोलकाताले अव बिहीबार दिल्लीसँग खेल्नेछ । गुजरातले बुधबार हैदराबादसँग खेल्नेछ ।

अंक तालिका

गुजरात ७ खेलमा ६ मा जित र १ मा हारका १२ अंक जोड्दै शीर्षस्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । हैदराबाद पनि ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ ।

कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ७ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.