default_image

4 years ago

April 23, 2022

कोहलीको लगातार दोस्रो गोल्डेन डक

482 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका शीर्ष ब्याटर विराट कोहली इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो खेलमा गोल्डेन डक आउट भएका छन् ।

कोहली शनिबार सनराइजर्स हैदराबादसँग दोस्रो ओभरमा गोल्डेन डक आउट भएका हुन् । कोहली तीव्र गतिका बलर मार्को ज्यानसनको दोस्रो ओभरमा तेस्रो बलमा एडेन माक्ररमबाट क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्के । कोहली सेकेन्ड स्लिपमा क्याच हुन पुगेका थिए ।

कोहली मंगलबार लखनऊ सुपर जायन्ट्सविरुद्ध पनि गोल्डेन डक भएका थिए । उक्त खेलमा कोहली तीव्र गतिका बलर दुश्मन्था चामिराको पहिलो ओभरको अन्तिम बलमा प्वाइन्टमा गोल्डेन डक भए । कोहलीले यस सिजन मा खराब प्रदर्शन गरेका छन् ।

कोहली पन्जाबसँग ४१ रनमा अविजित रहँदा, कोलकाता नाइट राइडर्ससँग १२ रन,राजस्थान रोयल्ससँग ५ रन, मुम्बई इन्डियन्ससँग ४८ रन, चेन्नई सुपर किंग्ससँग १ रन र दिल्लीसँग १२ रनमा आउट भएका थिए । कोहलीले यसै सिजनमार्फत बेंगलोरको कप्तानी छाडेका हुन् ।

घोषणा गतवर्ष गरेपनि यो वर्षदेखि कप्तानी गरेका छैनन् । कोहली तीन वर्षदेखि शतक विहीन बनेका छन् । मार्को ज्यासनले एकै ओभरमा तीन विकेट लिएपछि ब्रेबोन स्टेडिय मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोर सुरुवाती २ ओभरमा ९–३ को कमजोर अवस्थामा पुगेको छ । ज्यानसनले फाफ डु प्लेससलाई ५ रनमा बोल्ड गर्दा अनुज राउटलाई डक आउट पेभेलिएन फर्काए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.