default_image

4 years ago

April 23, 2022

बेंगलोरमाथि हैदराबादको ७२ बल अगाडि नै जित

170 views

0 Bookmark

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७२ बल अगाडिनै ९ विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । लगातार पाँच जितका साथ हैदराबादले १० अंक बटुलेको छ ।

जितका लागि ६९ रनको विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा अभिषेक शर्माले २८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे ।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोर १६.१ ओभरमा ६८ रनमा अल आउट भएको थियो । बेंगलोरका सर्वाधिक सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए । हैदराबाद सामु निरिह बन्दै लज्जास्पद ब्याटिङ गर्नेक्रममा बेंगलोरका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बेंगलोरले दोस्रो ओभरमै शीर्ष तीन ब्याटर गुमाएको थियो । तीव्र गतिका बलर मार्को ज्यानसनले दोस्रो ओभरको दोस्रो बलमा फाफ डु प्लेसिसलाई ५ रनमा बोल्ड आउट गरे । स्विङ बलमा फाफ डु प्लेसिस बोल्ड भएका थिए । लगत्तै अर्को बलमा विराट कोहली सेकेन्ड स्लिपमा एडेन माक्ररमबाट गोल्डेन डक भए । कोहली लगातार दोस्रो खेलमा गोल्डेन डक भएका हुन् ।

अन्तिम बलमा अनुज रावत माक्ररमबाट डक आउट हुँदा २ ओभरमा ८–३ को कमजोर अवस्थामा पुगेको थियो । ग्लेन म्याक्सवेललाई टि नटराजनले १२ रनमा मिडअफमा केन विलियम्सनबाट क्याच गराउँदा ४.२ ओभरमा २०–४ को अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि सुयश प्रभुदेशाईं र शहबाज अहमदले २५ बलमा २७ रनको साझेदारी गरेका थिए । स्पिनर जगदीश सुचिथले प्रभुदेशाईंलाई १५ रनमा विकेटकिपर निकोलस पुरनबाट स्टम्पिङ आउट भए ।

उनले २० बलमा १ चौका प्रहार गरे । जुन समय बेंगलोर ८.२ ओभरमा ४७–५ को अवस्थामा पुगेको थियो । दुई बलपछि दीनेश कार्तिक डक आउट भए । अम्पायरले वाइड दिएपनि विकेटकिपर निकोलस पुरनको सेलेब्रेसनमा कप्तान केन विलियम्सनले रिभ्यु लिँदै पेभेलिएन फर्काए । उमरन मलिकले अहमदलाई ७ रनमा क्याच गराउँदा बेंगलोर ४९–७ को दयनीय अवस्थामा पुगेको थियो ।

टि नटराजनले हर्षल पटेललाई ४ रनमा बोल्ड गर्दा ५५–८ को अवस्थामा पुगेको थियो । हैदराबादका मार्को ज्यानसनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । जगदीश सुचिथले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार र उमरन मलिकले १–१ विकेट लिए ।

अंक तालिका

गुजरात ७ खेलमा ६ मा जित र १ मा हारका १२ अंक जोड्दै शीर्षस्थानमा छ । हैदराबाद ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ नेटरनरेटमा माथि रहँदै दोस्रो स्थानमा उक्लियो । राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ ।

लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ७ खेलमा जित बिहीन हुँदै पुछारमा छ

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.