4 years ago
April 24, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मध्यान्तरमा आइपुगेको छ अर्थात् झन्डै आधा खेलहरु सकिएका छन् । प्रतियोगिता अघि कमजोर अनुमान गरिएको हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्स ७ खेलमा ६ मा जितका साथ शीर्षस्थानमा छ । आइपिएलका दुई सर्वाधिक सफल टोली चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स पुछारमा छन् ।

पाँच पटकको च्याम्पियन मुम्बई सबै ७ खेलमा हारका साथ पुछारमा छ । जारी आइपिएलमा जित विहीन बन्ने मुम्बई एक्लो टोली हो । चार पटकको च्याम्पियन चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित नवौं स्थानमा छ । हैदराबाद ७ खेलमा ५ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ ।
आइपिएलमा यस सिजनमा मज्जाले रन बनेको छ । चार मैदानमा भएको आइपिएलमा हालसम्म ३६ खेलका ७२ इनिङ मध्य १२ इनिङमा २ सयमाथि रन बनेको छ । तेस्रो खेलमै पन्जाब किंग्सले बेंगलोरले प्रस्तुत गरेको २ सय ६ रनको लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । त्यस्तै चेन्नईले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य लखनऊले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
यस सिजनमा हालसम्म सर्वाधिक रन राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध २ सय २२ रन बनाएको थियो । सबैभन्दा कम बेंगलोरले हैदराबादविरुद्ध ६८ रन बनायो । आइपिएलको आधा सिजन सम्म ब्याटिङ धेरै हाबी बनेको छ । जारी सिजनमा ४ शतक बनेका छन् । जसमा तीन शतक जस बटलरको नाममा छ । मिड सिजन सम्म सर्वाधिक रन बनाउने पाँच मध्य चार ओपनर छन् ।
५. पृथ्वी शा (दिल्ली क्यापिटल्स)

दिल्लीका युवा ओपनर पृथ्वी शा ७ खेलमा २ अर्धशतकसहित कुल २ सय ५४ रनका साथ पाँचौंस्थानमा छन् । उत्कृष्ट प्रदर्शन ६१ रहँदा स्ट्राइकरेट १६४.९३, ३४ चौका र ९ छक्का प्रहार गरेका छन् ।
१ सय ५४ बल खेलेका शाले पावर प्लेमा आक्रामक सुरुवात गरेपनि ठूलो इनिङमा बदल्न सकेका छैनन् । मुम्बईसँग ३८ र गुजरातविरुद्ध १० रनमा आउट भएका थिए । लखनऊविरुद्ध ३४ बलमा ९ चौका र २ छक्कासहित ६१ रनको इनिङ खेलेका थिए ।
लगत्तै अर्को खेलमा कोलकाताविरुद्ध २९ बलमा ७ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । बेंगलोरसँग १६, पन्जाब किंग्सविरुद्ध ४१ र राजस्थानविरुद्ध ३७ रनमा आउट भए ।
४. फाफ डु प्लेसिस (रोयल च्यालेन्जर्स बेंगलोर)

बेंगलोरका कप्तान फाफ डु प्लेसिस ८ खेलमा २ अर्धशतक सहित २ सय ५५ रनका साथ चौथो स्थानमा छन् । डु प्लेसिसको दुई खेल बाहेक अन्यमा राम्रो प्रदर्शन छैन । दुई ठूला इनिङका कारण चौथो स्थानमा छन् । उनले १३०.१० को स्ट्राइक रेटमा २४ चौका र ९ छक्का प्रहार गरेका छन् ।
पहिलो खेलमै डु प्लेसिसले पन्जाबविरुद्ध ५७ बलमा ३ चौका र ७ छक्कासहित ८८ रनको इनिङ खेलेका थिए । त्यसपछि भने उनी लगातार कमजोर प्रदर्शन गरे । कोलकातासँग ५, राजस्थानसँग २९, मुम्बईसँग १६, चेन्नई र दिल्लीसँग ८–८ रनमा आउट भए । लखनऊविरुद्ध उनले ६४ बलमा ११ चौका र २ छक्कासहित ९६ रन र हैदराबादसँग ५ रन बनाए ।
३. लोकेश राहुल (लखनऊ सुपर जायन्ट्स)

लोकेश राहुलले आइपिएलमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । यस सिजनमा पनि राहुलले त्यसलाई निरन्तरता दिँदै तेस्रो स्थानमा छन् । राहुल ७ खेलमा १ शतक र १ अर्धशतकसहित कुल २ सय ६५ रन बनाएका छन् । १ सय ८७ बल खेल्दा २१ चौका र ११ छक्का प्रहार गरेका छन् ।
उनको स्ट्राइकरेट १४१.७१ छ । राहुल गुजरात र राजस्थान दुबैसँग रोयल डक आउट भए । चेन्नईसँग ४० र हैदराबादसँग ६८ रनमा आउट भए । हैदराबादविरुद्ध ५० बलमा ६ चौका र १ छक्का प्रहार गरे । मुम्बईविरुद्ध राहुलले ६० बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनमा अविजित थिए । बेंगलोरविरुद्ध ३० र दिल्लीसँग २४ रन जोडे ।
२. हार्दिक पान्ड्या (गुजरात टाइटन्स)

फिनिसर हार्दिक पान्ड्या मुम्बई छाड्दै गुजरातको कप्तानी गरेका छन् । हार्दिकले चौथो नम्बरमा ब्याटिङ गर्दै ६ खेलमा ३ मा अर्धशतकसहित २ सय ९५ रन बनाएका छन् । कुल २ सय १६ बल खेलेका उनले ३० चौका र ८ छक्का प्रहार गरेका छन् ।
हार्दिक लखनऊसँग ३३, दिल्लीसँग ३१ र पन्जाब किंग्ससँग २७ रनमा आउट भएका थिए । हार्दिकले लगातार तीन अर्धशतक प्रहार गरेका छन् । हार्दिकले हैदराबादसँग ५०, राजस्थानसँग ८७ र कोलकातासँग ६७ रनको इनिङ खेलेका थिए । राजस्थानविरुद्ध हार्दिकले ५२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे ।
१. जस बटलर (राजस्थान रोयल्स)

राजस्थानका जस बटलरले यस सिजनमा जादुमय प्रदर्शन गरेका छन् । ७ खेलमा बटलरले ३ शतक र २ अर्धशतक सहित कुल ४ सय ९१ रनका साथ शीर्षस्थानमा छन् । ३ सय ४ बलको सामना गर्दा १६१.५१ को स्ट्राइक रेटमा ४१ चौका र ३२ छक्का प्रहार गरेका छन् ।
बटलर पहिलो खेलमा ३५ रनमा आउट हुँदा मुम्बईसँग १ सय रनमा आउट भए । मुम्बईविरुद्ध बटलरले ६८ बलमा ११ चौका र ५ छक्का प्रहार गरेका थिए । बेंगलोरविरुद्ध बटलरले ४७ बलमा ६ छक्कासहित ७० रनको अविजित इनिङ खेलेका थिए । लखनऊसँग १३ र गुजरातसँग ५४ रनमा आउट भए ।
त्यसपछि लगातार दुई शतक प्रहार गरेका छन् । कोलकातासँग ६१ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । दिल्लीसँग ६५ बलमा ९ चौका र ९ छक्कासहित १ सय १६ रनको शतकीय इनिङ खेले ।
बटलरले थप एक शतक प्रहार गर्न सफल भए सन् २०१६ मा बेंगलोरका कोहलीले एकै सिजनमा बनाएको सर्वाधिक ४ शतकको कीर्तिमान बराबर गर्नेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]