default_image

4 years ago

April 24, 2022

पाँच पटक च्याम्पियन मुम्बईको लगातार आठौं हार

257 views

0 Bookmark

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार आठौं खेलमा पराजित भएको छ । आइतबार मुम्बई लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना लगभग सकिएको छ । आइपिएलबाट बाहिरिन मुम्बईको औपचारिकता बाँकी छ ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । मुम्बईका रोहित शर्माले ३१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । तिलक बर्माले २७ बलमा २ चौका र २ छक्काहित ३८ रन बनाए ।

ओपनर रोहित शर्मा र ईशान किशनले पहिलो विकेटका लागि ७.१ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । खराब लयबाट गुज्रिएका ईशान दुर्भाग्यपूर्ण आउट भए । स्पिनर रवि विश्रोईको बलमा ईशान विकेटकिपर क्विन्टन डि ककको जुत्तामा लागेर स्लिपमा जेसन होल्डरबाट ८ रनमा क्याच भए । उनले २० बल खेलेका थिए ।

डेवाल्ड ब्रेभिस नवौं ओभरको तेस्रो बलमा थर्ड म्यानमा दुश्मन्था चामिराबाट क्याच गराए । मोहसिन खानको बलमा प्वाइन्टमा खेल्न चाहेपनि थर्डम्यानमा क्याच हुन पुगे । स्पिनर क्रुनाल पान्ड्याको दशौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा रोहित एज लागेर थर्डम्यानमा कृष्णाप्पा गौथमबाट क्याच भएपछि मुम्बईको दबाबमा परेको थियो ।

आइपिएलमा पहिलो पटक बलिङ गरेका युवा ब्याटर आयुष बदोनीको १२ औं ओभरको दोस्रो बलमा सूर्य कुमार यादव एक्स्ट्रा कभरमा लोकेश राहुलबाट ७ रनमा क्याच भएपछि ६७–४ को अवस्थामा पुगेको थियो ।

तल्लोक्रमका काइरन पोलार्डले १९ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मोहसिन खान, आयुष बदोनी, जेसन होल्डर, रवि विश्रोईले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । लखनऊका कप्तान लोकेश राहुल ६२ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ३ रनमा अविजित रहे । जारी आइपिएलमा राहुलको मुम्बईविरुद्ध दोस्रो शतक हो ।

यसअघि राहुलले लिगको पहिलो खेलमा मुम्बईविरुद्ध ६० बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनको अविजित शतकीय इनिङ खेलेका थिए । आइपिएलमा राहुलको यो चौथो शतक हो । ओपनर क्विन्टन डि कक १०, मनिष पाण्डे २२, मार्कस स्टोइनिस शून्य र क्रुनाल पान्ड्या १ रनम आउट भए । आयुष बदोनीले १४ रन बनाए ।

मुम्बईका काइरन पोलार्डले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । राइली मेरिडीथले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र ड्यानियल साम्सले १–१ विकेट लिए । मुम्बई ७ खेलमा ७ मा हारका साथ पुछारमा छ । मुम्बई पहिलो जितको खोजीमा छ । लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकका साथ पाँचौं स्थानमा छ । लखनऊ मुम्बईलाई हराउँदै दोस्रो स्थानमा उक्लिन चाहन्छ । मुम्बईले अव शनिबार राजस्थान रोयल्ससँग खेल्नेछ । लखनऊले शुक्रबार पन्जाबसँग खेल्नेछ ।

अंक तालिका

गुजरात ७ खेलमा ६ मा जित र १ मा हारका १२ अंक जोड्दै शीर्षस्थानमा छ । हैदराबाद ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ नेटरनरेटमा माथि रहँदै दोस्रो स्थानमा उक्लियो । राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ ।

दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.