4 years ago
April 25, 2022
एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल टि२० क्रिकेटमा एकै टोलीविरुद्ध तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । लखनऊ सुपर जायन्ट्सका कप्तान राहुलले आइतबार राती इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सविरुद्ध शतक प्रहार गर्दै उक्त कीर्तिमानी बनाएका हुन् ।

राहुलले यस सिजनको आइपिएलमा सर्वाधिक कमजोर मुम्बईविरुद्ध लगातार दुई शतक प्रहार गर्दै उक्त कीर्तिमान बनाएका हुन् । वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गर्नेक्रममा राहुलले ६२ बलमा १२ चौका र ४ छक्काका साथ १ सय ३ रनको अविजित कप्तानी इनिङ खेलेका थिए । अप्रिल १६ मा राहुलले मुम्बईविरुद्ध ६० बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रनमा अविजित थिए ।
राहुलले सन् २०१९ मा वानखडेमै पन्जाब किंग्सबाट ६४ बलमा ६ चौका र ६ छक्कासहित १ सय रनमा अविजित शतकीय इनिङ खेलेका थिए । तर काइरन पोलार्डले ३१ बलमा ३ चौका र १० छक्कासहित ८३ रनको विष्फोटक इनिङ खेलेपछि मुम्बईले १ सय ९८ रनको लक्ष्य अन्तिम बलमा पूरा गरेको थियो ।
राहुल मुम्बईलाई भारी पर्दै आएका छन् । राहुलले मुम्बईविरुद्ध १६ इनिङमा ३ शतक र ५ अर्धशतकसहित ८ सय ६७ रन बनाएका छन् । एकै टोलीविरुद्ध एकै सिजनमा दुई शतक प्रहार गर्ने राहुल विराट कोहलीपछि दोस्रो खेलाडी हुन् । कोहलीले २०१६ मा गुजरात लायन्सविरुद्ध १ सय ९ र १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

यस सिजनमा बनेका पाँच मध्य तीन शतक मुम्बईविरुद्ध छन् । राजस्थान रोयल्सका जस बटलरले मुम्बईविरुद्ध शतक प्रहार गरेका थिए । यस आइपिएलमा बटलरले ३ र राहुलले २ शतक प्रहार गरेका छन् । राहुलको टि२० क्रिकेटको छैटौं शतक हो । उनले दुई शतक भने भारतीय क्रिकेट टोलीबाट प्रहार गरेका छन् ।
राहुल र रोहित शर्मा भारतबाट टि२० मा ६–६ शतक प्रहार गर्ने खेलाडी हुन् । रोहित टि२० आईमा ४ शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । टि२० क्रिकेटमा भने वेस्टइन्डिजका क्रिस गेलको नाममा छ । गेलले टि२० क्रिकेटमा २२ शतक प्रहार गरेका छन् । उनीपछि डेविड वार्नर, आरोन फिन्च र माइकल क्लिन्जरले ८–८ शतक प्रहार गरेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]