default_image

4 years ago

April 25, 2022

आइपिएलमा चेन्नई र पन्जाब भिड्दै

413 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३८ औं खेलमा आज चेन्नई सुपर किंग्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरुहुनेछ ।

चेन्नई तेस्रो जितको सोचमा छ । चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित नवौं स्थानम छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हारका साथ आठौं स्थानमा छ । रविन्द्र जडेजाको नेतृत्वमा रहेको चेन्नईलाई प्लेअफमा पुग्न बाँकी सबै खेल जित्ने हुन्छ ।

पछिल्लो खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको थियो । उक्त खेलमा महेन्द्रसिंह धोनीले अन्तिम ४ बलमा १६ रन बटुल्दै जिताएका थिए । चेन्नई ओपनर ऋतुराज गायकवाड र रोविन उथप्पाबाट उत्कृष्ट सुरुवात चाहन्छ । मध्यक्रममा अम्बाती रायुडूमा र शिवम दुबेमा निर्भर रहनेछ ।

चेन्नईका तीव्र गतिका बलर मुकेश चौधरी उत्कृष्ट बलिङ गर्नेक्रममा ३ विकेट लिएक थिए । उनी पून घातक बन्नसक्छन् । ड्वेन ब्राभो र स्पिनर महेश थिक्सना चेन्नईका प्रमुख बलर हुन् । धोनीबाट चेन्नई उत्कृष्ट फिनिसरमा निरन्तरता चाहन्छ । चेन्नईको टोलीमा परिवर्तनको सम्भावना भने कम छ ।

पन्जाब पछिल्लो खेलमा दिल्लीसँग ९ विकेटले पराजित भएको थियो । उक्त खेलमा पन्जाब १ सय १५ रनमा अल आउट भएको थियो । पन्जाब लियाम लिभिङस्टोनको ब्याटिङमा बढी निर्भर छ । आक्रामक ब्याटर लिभिङस्टोन चलेको खण्डमा भने चेन्नईलाई घातक बन्न सक्छन् ।
कप्तान मयंक अग्रवाल र शिखर धवनबाट राम्रो सुरुवात चाहन्छ ।

खराब लयमा रहेका जोनी बेयरस्टोको स्थानमा भानुका राजपक्षेले मौका पाउने सम्भावना छ । राजपक्षे आक्रामक ब्याटिङ गर्ने गर्दछन् । फिनिसर शाहरुख खानबाट चल्न सकेका छैनन् । कागिसो रबाडा, नाथन एलिस र अर्शदीप सिंह प्रमुख तीव्र गतिका बलिङ हतियार हुन् ।

हेड टु हेड :

आइपिएलमा चेन्नई र पन्जाबबीच कुल २६ खेल भएका छन् । चेन्नई १५ र पन्जाब ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा चेन्नई ३ खेलमा विजयी भएको छ । यस सिजनको पहिलो खेलमा चेन्नई ५४ रनले पराजित भएको थियो । उक्त खेलमा लियाम लिभिङस्टोन ३२ बलमा ६० रन बनाए ।

अंक तालिका

गुजरात ७ खेलमा ६ मा जित र १ मा हारका १२ अंक जोड्दै शीर्षस्थानमा छ । हैदराबाद ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ नेटरनरेटमा माथि रहँदै दोस्रो स्थानमा उक्लियो । राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ ।

दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ७ खेलमा २ मा जित र ५ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.