4 years ago
April 25, 2022
एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय र धनराषि भएको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ भारतमा जारी छ । आइपिएलको आधा खेलहरु सकिँदा गुजरात शीर्ष र हैदराबाद दोस्रो स्थानमा छन् ।

यस सिजनमा मेगा अक्सन हुँदा सबै टोलीले नयाँ टिम निर्माण गरेका छन् । त्यसैले केहि टोलीको प्रदर्शन निकै कमजोर छ । आइपिएल इतिहासका सर्वाधिक दुई सफल टोली चेन्नई सुपर किंग्स नवौं र मुम्बई इन्डियन्स पुछारमा छन् ।मेगा अक्सनको पहिलो वर्ष हुँदा एक दुई टोलीलाई छाड्ने हो भने अन्य सबै औसत छन् । पाँच पटकको च्याम्पियन मुम्बई लगातार आठ हारका साथ लगभग प्ले अफ दौडबाट बाहिरिएको छ ।
आइपिएल भारतका चार मैदानमा भएका छन् । भारतीय युवा खेलाडीको प्रदर्शन उत्कृष्ट छ । सर्वाधिक रन र विकेटमा राजस्थान रोयल्सका ओपनर जस बटलर र स्पिनर युजभेन्द्र चहल शीर्षस्थानमा छन् । युवा स्टारले सानदार प्रदर्शन गर्दा भारतीय स्टार खेलाडीको प्रदर्शन भने त्यति राम्रो छैन । अझ अक्सन र रिटेनमा धनको वर्षा नै भएका खेलाडीहरु चल्न सकेका छैनन् । आइपिएलको मिड सिजन सम्म चल्न नसकेका धनको वर्षा भएका ६ खेलाडी ।
६. शार्दुल ठाकुर – १० करोड ७५ लाख भारु

दिल्ली क्यापिटल्सले अक्सनमा तीव्र गतिका बलर शार्दुल ठाकुरलाई अक्सनमा १० करोड ७५ लाख भारुमा किनेको थियो । चेन्नईले छाडेपछि अक्सनमा पुगेका ठाकुरले भारतीय टोलीबाट अन्त्यमा आक्रामक ब्याटिङ गरेपछि महँगो मूल्य पाएका थिए ।
ठाकुरले ७ खेलमा २३.२ ओभरमा ९.६० को इकोनमीमा रन खर्चिदै ४ विकेट लिदा ब्याटिङतर्फ ८० रन बनाएका छन् । कोलकातासँग उनले २९ रन बनाउनुको साथै २ विकेट लिएका थिए । बेंगलोर र लखनऊविरुद्ध १–१ विकेट लिए । राजस्थान रोयल्स, पन्जाब किंग्स, गुजरात र मुम्बईसँग विकेट लिन सकेनन् ।
५.जस्प्रित बुमराह – १२ करोड भारु

तीव्र गतिका बलर जस्प्रित बुमराह यस सिजनमा चल्न सकेका छैनन् । बुमराहलाई मुम्बईले १२ करोड भारुमा टोलीमा रिटेन गरेको थियो । तर यस सिजनमा बुमराह चल्न सकेका छैनन् । योर्करका लागि चर्चित बलर बुमराहले ८ खेलमा ३०.२ ओभरमा ७.५४ को ईकोनमीमा रन खर्चिदै मात्र ५ विकेट लिएका छन् ।
बुमराह पाँच खेलमा विकेट लिन सकेका छैनन् । बुमराहले राजस्थान रोयल्सविरुद्ध ३ विकेट लिएका थिए । पन्जाब किंग्स र लखनऊसँग १–१ विकेट लिए । आफ्नो राम्रो जोडी पाउन नसक्दा बुमराह संघर्ष गरेका छन् । यसअघि ट्रेन्ट बोल्ट र लासिथ मलिङ्गा साथ हुँदा बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
४. रोहित शर्मा– १६ करोड भारु

मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा पनि खराब लयसँग संघर्ष गरिरहेका छन् । यस सिजनमा ओपनरको प्रदर्शन उत्कृष्ट छ । तर रोहितले ८ खेलमा १ सय २१ बल खेल्दा १ सय ५३ रन बनाएका छन् ।
मुम्बईलाई पाँच पटकको च्याम्पियन बनाएका कप्तान रोहितलाई १६ करोड भारुमा रिटेन गरेको थियो । उनको औसत प्रतिखेल १९.१२ रन छ । रोहितले दिल्लीसँग ४१, राजस्थानविरुद्ध १०, कोलकातासँग ३ र बेंगलोरविरुद्ध २६ रनमा आउट भए । पन्जाबसँग २८, लखनऊसँग ६, चेन्नईसँग डक र लखनऊसँग ३९ रनमा आउट भए ।
३. विराट कोहली – १५ करोड भारु

रोयल च्यालेन्जर्स बेंगलोरका पूर्व कप्तान विराट कोहलीले खराब प्रदर्शन गरेका छन् । कोहलीले ८ खेलमा ९७ बल खेल्दै १ सय १९ रन बनाएका छन् । औसत रन १७ को हुँदा उच्च प्रदर्शन ४८ रन छ ।
बेंगलोरले उनलाई १५ करोड भारुमा रिटेन गरेको थियो । कोहली ८ मध्य दुई खेलमा गोल्डेन डक आउट भएका छन् । कोहली पन्जाबसँग ४१ रन, कोलकातासँग १२ रन र राजस्थानसँग ५ रनमा आउट हुन पुगे । मुम्बईसँग ४८ रन, चेन्नईसँग १ रन र दिल्लीसँग १२ रनमा आउट भए । लखनऊ र हैदराबादविरुद्ध पहिलो बलमै आउट भए ।
२. ईशान किशन – १५ करोड २५ लाख भारु

मुम्बई इन्डियन्सका ओपनर ईशान किशन यस सिजनको मेगा अक्सनमा सर्वाधिक महँगो मूल्य १५ करोड २५ लाख भारु पाएका थिए । रिलिज गरेपनि महँगो मूल्यमा मुम्बई फर्किए । किशन विकेटकिपरको रुपमा आइपिएल इतिहासमा सर्वाधिक मूल्य पाउने खेलाडी हुन् ।
सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि त्यसपछि उनको प्रदर्शन राम्रो छैन । ईशानले ८ खेलमा २८.४२ को औसतमा कुल १ सय ९९ रन बनाएका छन् । उनले दिल्लीसँग ४८ बलमा ८१ रनको इनिङ खेलेका थिए । राजस्थानसँग ५४, कोलकातासँग १४, बेंगलोरसँग २६, पन्जाबसँग ३, लखनऊसँग १३, चेन्नईसँग डक र लखनऊसँग ८ रनमा आउट भए ।
१. रविन्द्र जडेजा – १६ करोड भारु

चेन्नई सुपर किंग्सका रविन्द्र जडेजाले पहिलो पटक कप्तानी गरेका छन् । चेन्नईका सर्वाधिक महँगा खेलाडी जडेजाले ७ खेलमा ९१ रन बनाउँदा ५ विकेट मात्र लिएका छन् । जडेजा ४ खेलमा विकेट विहीन बनेका छन् । जडेजाले यस सिजनमा बेंगलोरविरुद्ध ३ विकेट लिएका थिए । गुजरात र पन्जाबसँग १–१ विकेट लिए । ब्याटिङमा कोलकातासँग २६, हैदराबादसँग २३ र गुजरातसँग २२ रन बनाएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]