default_image

4 years ago

April 25, 2022

दुई धवन चल्दा चेन्नई पन्जाबसँग पराजित

210 views

0 Bookmark

एजेन्सी – ओपनर शिखर धवन र तीव्र गतिका बलर ऋषि धवन चल्दा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३८ औं खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ११ रनले पराजित भएको छ । जारी आइपिएलमा यो चेन्नईको छैटौं हार हो । पन्जाब चौथो जितका साथ छैटौं स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएकोा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । चेन्नईका अम्बाती रायुडूले ३९ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ७८ रन बनाए ।

चेन्नईलाई अन्तिम ६ बलमा २७ रन चाहिँएको थियो । धोनीले पहिलो बलमा ऋषि धवनलाई छक्का प्रहार गरे । लगत्तै वाइड फ्याँदा अर्को बल डट राखे । तेस्रो बलमा धोनी जोनी बेयरस्टोबाट १२ रनमा क्याच भएपछि चेन्नईको जितको सम्भावना सकिएको थियो । चौथो बलमा ड्वेन प्रिटोरियसले एक र पाँचौं बलमा जडेजाले छक्का प्रहार गरे । अन्तिम बलमा एक रन बटुले ।

ओपनर ऋतुराज गायवाड ३०, रोविन उथप्पा १, मिचेल सान्टनार ९ र शिवम दुबे ८ रनमा आउट भए । दुबे ऋषि धवनको बलमा बोल्ड भएका थिए । २०१६ पछि आइपिएल खेलेका उनले दुई महत्वपूर्ण विकेट लिए । रविन्द्र जडेजा १६ बलमा १ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे ।

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । ऋषि धवनले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सन्दीप शर्मा र अर्शदीप सिंहको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । शिखर धवन ५९ बलमा ९ चौका र २ छक्कासहित ८८ रनमा अविजित रहे । भानुका राजपक्ष ३२ बलमा २ चौका र २ छक्कासहित ४२ रनमा आउट भए ।

ओपनर मयंक अग्रवाल १८, लियाम लिभिङस्टोन १९ र जोनी बेयरस्टोले ६ रन बनाए । चेन्नईका ड्वेन ब्राभोले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । चेन्नईले अव आइतबार हैदराबादसँग खेल्नेछ । पन्जाबले आगमी शुक्रबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ ।

अंक तालिका

गुजरात ७ खेलमा ६ मा जित र १ मा हारका १२ अंक जोड्दै शीर्षस्थानमा छ । हैदराबाद ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ नेटरनरेटमा माथि रहँदै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.