default_image

4 years ago

April 26, 2022

बेंगलोरलाई बटलरको डर, कोहलीको चिन्ता !

178 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३९ औं खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा सुरुहुनेछ ।

राजस्थान ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । दुबै टोली छैटौं जितका साथ शीर्षस्थानमा उक्लिने सोचमा छन् ।

तर राजस्थान रोयल्सका जस बटलर उच्च लयमा छन् । जारी सिजनमा बटलरले ७ खेलमा ३ मा जित र २ मा हार सहित ४ सय ९१ रन बनाएका छन् । बटलरले मुम्बई, कोलकाता र दिल्लीसँग क्रमश : १००, १०३ र ११६ रनको इनिङ खेलेका थिए । बटलरले पछिल्ला दुबै खेलमा कोलकाता र दिल्लीसँग शतक प्रहार गरेका थिए ।

सुरुवाती केहि समय लिएपछि आक्रामक ब्याटिङ गर्ने बटलर बेंगलोरलाई पनि घातक बन्न सक्छन् । बटलर लगातार तेस्रो शतकका साथ विराट कोहलीको कीर्तिमान बराबर गर्ने सोचमा हुनेछन् । बटलरको लय रोक्न बेंगलोरलाई चुनौती हुनेछ । विराट एकै सिजनमा ४ शतक प्रहार गर्ने खेलाडी हुन् । तर जारी सिजनमा खराब प्रदर्शन गरेका छन् ।

पछिल्ला दुई खेलमा लखनऊ र हैदराबादविरुद्ध गोल्डेन डक आउट भएका छन् । बेंगलोरका प्रमुख खेलाडी खराब लयमा हुँदा चिन्तामा छ । उनको विकल्पमा त्यो स्तरको अन्य खेलाडी छैनन् । त्यसैले कोहलीको खराब लय बेंगलोरलाई ठूलो चिन्ताको विषय बनेको छ । बटलरलाई छाड्दा राजस्थानमा शिम्रन हेटमायर र सन्जु स्यासमसन पनि राम्रो लयमा छन् ।

स्पिनर युजभेन्द्र चहल जारी आइपिएलमा सर्वाधिक १७ विकेट लिने बलर हुन् । लगातार विकेट लिँदै आएका चहल पुन घातक बन्न सक्छन् । चहललाई रविचन्द्रन आश्विनले साथ दिनेछन् । तीव्र गतिका बलरमा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णा छन् । ओबेद म्याककोयको स्थानमा नाथन कुल्टर नाइटललाई मौका दिनसक्छ ।

यता बेंगलोर पछिल्लो खेलमा हैदराबादसँग ६८ रनमा अल आउट भएको थियो । ओपनर अनुज रावतको स्थानमा राजत पाटिदरलाई मौका दिने सम्भावना छ । विराट कोहली, फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलको प्रदर्शन महत्वपूर्ण हुनेछ । दीनेश कातिक र शहबाज अहमदले राम्रो प्रदर्शन गर्दै आएका छन् । स्पिनर वानिन्दु हसरंगा र तीव्र गतिका बलर जोश हेजलवुड घातक बन्नसक्छन् ।

हर्षल पटेलले पनि डेथ ओभरमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यस्तै मोहम्मद शिराजको स्थानमा बायाँ हाते बलर चमा मिलिन्दलाई मौका दिनसक्ने सम्भावना छ । उनले भारतीय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । अनुज रावत र शिराज आजको खेलमा बेन्चमा बस्ने सम्भावना छ ।

हेड टु हेड :

आइपिएलमा बेंगलोर र राजस्थानबीच २६ खेल भएको छ । राजस्थान १० र बेंगलोर १३ खेलमा विजयी भएको छ । पछिल्ला पाँच खेलमा बेंगलोर राजस्थानसँग पराजित भएको छैन । जारी सिजनमा बेंगलोरले राजस्थानलाई ४ विकेटले हराएको थियो ।

अंक तालिका

गुजरात ७ खेलमा ६ मा जित र १ मा हारका १२ अंक जोड्दै शीर्षस्थानमा छ । हैदराबाद ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ नेटरनरेटमा माथि रहँदै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.