default_image

4 years ago

April 26, 2022

परागको अर्धशतकमा बेंगलोरलाई मध्यम लक्ष्य

181 views

0 Bookmark

एजेन्सी – युवा अलराउन्डर रियान परागको अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ४५ रनको मध्यम लक्ष्य दिएको छ ।

महाराष्ट क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । राजस्थानका रियान पराग ३१ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५६ रनमा अविजित रहे । तीव्र गतिका बलर मोहम्मद शिराजको दोस्रो ओभरको चौथो बलमा देवदत्त पाडिक्कललाई ७ रनमा एलबीडब्लू आउट गरे ।

शिराजको चौथो ओभरको अन्तिम बलमा टप एज लागेर रविचन्द्रन आश्विन १७ रनमा कट एण्ड बोल्ड भए । उनले ९ बलमा ४ चौका प्रहार गरे । लगत्तै जोश हेजलवुडको पाँचौं ओभरको पहिलो बलमा जस बटलर मिडअनमा ८ रनमा क्याच भएपछि राजस्थान समस्यामा गरेको थियो ।
यसअघि लगातार दुई शतक प्रहार बटलर आउट भएपछि राजस्थान समस्यामा परेको थियो ।

दशौं ओभरको चौथो बलमा कप्तान सन्जु स्यामसनलाई २७ रनमा स्पिनर वानिन्दु हसरंगाले बोल्ड गरेपछि समस्यामा परेको थियो । स्यामसनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । २४ बल खेलेका ड्र्याल मिचेलले १६ रन बनाए । बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।

स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । हर्षल पटेलले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.