default_image

4 years ago

April 26, 2022

बेंगलोरलाई हराउँदै राजस्थान शीर्षस्थानमा

276 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर कुलदीप सेन र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट बलिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २९ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान छैटौं जितका साथ गुजरात टाइटन्सलाई नेटरनरेटमा पछि पार्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ४५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बेंगलोर १९.३ ओभरमा १ सय १५ रनमा अल आउट भयो । बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

यसअघि दुई खेलमा लगातार गोल्डेन डक आउट भएका विराट कोहलीलाई बेंगलोरले ओपनिङ गराएको थियो । अनुज रावतलाई बेन्चमा राखेपछि कोहलीले ओपनिङ गर्नु परेको थियो । कोहली तीव्र गतिका प्रसिद्ध कृष्णाको दोस्रो ओभरको चौथो बलमा बाउन्सरमा व्याकवार्ड प्वाइन्टमा रियान परागबाट ९ रनमा क्याच हुन पुगे ।

सातौं ओभरमा बेंगलोरले लगातार दुई विकेट गुमाएपछि मध्यम लक्ष्यमै समस्यामा परेको थियो । तीव्र गतिका बलर कुलदीप सेनले तेस्रो बलमा फाफ डु प्लेसिसलाई २३ रनमा जस बटलरबाट क्याच गराए । डु प्लेसिसले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेल गोल्डेन डक भएपछि ३७–३ को अवस्थामा पुगेको थियो ।

जारी सिजनको पहिलो खेल खेलेका राजत पाटिदरलाई रविचन्द्रन आश्विनले १६ रनमा बोल्ड गरे । आश्विनले नै १२ औं ओभरको चौथो बलमा सुयश प्रभु देशाईंलाई २ रनमा परागबाट क्याच गराए । लगत्तै अर्को ओभरमा फिनिसर दीनेश कार्तिक ६ रनमा रन आउट भएपछि बेंगलोरको जित कठिन बनेको थियो । शहबाज अहमद २७ बलमा १७ र वानिन्दु हसरंगाले १३ बलमा १८ रन बनाए ।

स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कुलदीप सेनले ३.३ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । प्रसिद्ध कृष्णले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि महाराष्ट क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाको थियो । राजस्थानका रियान परागले ३१ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५६ रनमा अविजित इनिङ खेल्दै प्रतिस्पर्धात्मक योगफलको आधार तय गरेका थिए । राजस्थानका अन्य ब्याटर भने चल्न सकेका थिएनन् ।

बेंगलोरका तीव्र गतिका बलर मोहम्मद शिराजको दोस्रो ओभरको चौथो बलमा देवदत्त पाडिक्कललाई ७ रनमा एलबीडब्लू आउट गरे । शिराजको चौथो ओभरको अन्तिम बलमा टप एज लागेर रविचन्द्रन आश्विन १७ रनमा कट एण्ड बोल्ड हुन पुगे । उनले ९ बलमा ४ चौका प्रहार गरे ।

लगत्तै तीव्र गतिका बलर जोश हेजलवुडको पाँचौं ओभरको पहिलो बलमा जस बटलर मिडअनमा ८ रनमा क्याच भए । यसअघि लगातार दुई शतक प्रहार बटलर आउट भएपछि राजस्थान समस्यामा परेको थियो ।

दशौं ओभरको चौथो बलमा कप्तान सन्जु स्यामसनलाई २७ रनमा स्पिनर वानिन्दु हसरंगाले बोल्ड गरेपछि समस्यामा परेको थियो । स्यामसनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे । २४ बल खेलेका डर्याल मिचेलले १६ रन बनाए । बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।

स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । हर्षल पटेलले १ विकेट लिए । राजस्थानले शनिबार मुम्बई इन्डियन्सविरुद्ध डिवाई पाटिल स्पोर्ट्समा खेल्नेछ । बेंगलोरले शनिबार नै गुजरात ताइटन्ससँग ब्रेबोन स्टेडियम मुम्बईमा खेल्नेछ । आइपिएलमा बुधबार गुजरात र हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिका

राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ७ खेलमा ६ मा जित र १ मा हारका १२ अंक जोड्दै दोस्रो स्थानमा छ । हैदराबाद ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.