4 years ago
April 27, 2022
एजेन्सी – ओपनर अभिषेक शर्मा र एडेन माक्ररमको अर्धशतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४० औं खेलमा गुजरात टाइटन्सलाई १ सय ९६ रनको लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । हैदराबादका ओपनर अभिषेक शर्माले ४२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रन बनाए । एडेन माक्ररमले ४० बलमा २ चौका र ३ छक्कासहित ५६ रन बनाए ।
हैदराबादले अन्तिम ओभरमा तीव्र गतिका बलर लोकी फर्गुसनलाई चार छक्कासहित कुल २५ रन जोडेपछि विशाल योगफलमा पुगेको थियो । अन्तिम ओभरको पहिलो बलमा मार्को यानसनले फर्गुसनलाई छक्का प्रहार गरेका थिए । त्यसपछि अन्तिम तीन बलमा शशांक सिंहले लगातार तीन छक्का प्रहार गर्दै विशाल योगफलमा पुयाए ।
शशांक ६ बलमा १ चौका र ३ छक्कासहित २५ रनमा अविजित रहे । मार्को यानसन ८ रनमा अविजित रहे । ओपनर तथा कप्तान केन विलियम्सन मोहम्मद शामीको बलमा ५ रनमा बोल्ड आउट हुँदा हैदराबादले २.५ ओभरमा २६ रन जोडेको थियो । शामीले नै राहुल त्रिपाठीलाई १६ रनमा एलबीडब्लू आउट गरे । उनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि अभिषेक र माक्ररमले ९६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । १६ औं ओभरको पहिलो बलमा अल्जारी जोशेफले अभिषेशलाई बोल्ड गरे । शामीले निकोलस पुरनलाई सुभमन गिलबाट ३ रनमा क्याच गराए । गुजरातका मोहम्मद शामीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । यश दयाल र अल्जारी जोशेफले १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]