default_image

4 years ago

April 27, 2022

अन्तिम बलमा राशिदको छक्कासँगै गुजरातको रोमान्चक जित

261 views

0 Bookmark

एजेन्सी – राहुल टेवाटिया र राशिद खानको उत्कृष्ट अन्त्यमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ । योसँगै गुजरात टाइटन्स सातौं जितका साथ प्लेअफ नजिक पुगेको छ ।

जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका ऋद्धिमान शाहले ३८ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ६८ रन बनाए । गुजरातलाई अन्तिम ६ बलमा जितको लागि २२ रन चाहिँएको थियो । अन्तिम बलमा राशिद खानले मार्को यानसनलाई छक्का प्रहार गर्दै जित पक्का गराए ।

तीव्र गतिका बलर मार्को ज्यानसनलाई राहुल टेवाटियाले छक्का प्रहार गर्दै खेललाई रोचक बनाए । दोस्रो बलमा एक रन खचिएपछि बाँकी ४ बलमा १५ रन चाहिँएको थियो । तेस्रो बलमा राशिद खानले छक्का प्रहार गरेपछि गुजरात जिततर्फ अघि बढेको थियो । चौथो बल डट राखे । पाँचौं बलमा राशिद खानले छक्का प्रहार गरेपछि अन्तिम बलमा तीन रन चाहिँएको थियो । राशिदले अन्तिम बलमा छक्काको साथ जित दिलाए ।

राहुल टेवाटियाले २१ बलमा ४ चौका र २ छक्कासहित ४० रनमा अविजित रहे । राशिद खान ११ बलमा ४ छक्कासहित ३१ रनमा अविजित रहे । छैटौं विकेटका लागि राशिद र टेवाटियाले ४ ओभरमा ५९ रनको साझेदारी गर्दै जित पक्का गराए । गुजरातलाई ओपनर सुभमन गिल र ऋद्धिमान शाहले पहिलो विकेटका लागि ७.४ ओभरमा ६९ रन बनाउँदै राम्रो सुरुवात दिलाए । गिललाई २२ रनमा उमरानले बोल्ड गरे । उमरानले हार्दिक पान्ड्यालाई १० रनमा मार्को यानसनबाट क्याच गराए ।

१४ औं ओभरको दोस्रो बलमा उमरानले ऋद्धिमान शाहलाई बोल्ड आउट गरे । १६ औं ओभरको पाँचौं बलमा डेविड मिलरलाई १७ रन र अन्तिम बलमा अभिनभ मनोहरलाई पहिलो बलमै बोल्ड गर्दै करिअरको पहिलो पाँच विकेट पूरा गरे । हैदराबादका उमरान मलिकले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । हैदराबादका ओपनर अभिषेक शर्माले ४२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रन बनाए । एडेन माक्ररमले ४० बलमा २ चौका र ३ छक्कासहित ५६ रन बनाए ।

हैदराबादले अन्तिम ओभरमा तीव्र गतिका बलर लोकी फर्गुसनलाई चार छक्कासहित कुल २५ रन जोडेपछि विशाल योगफलमा पुगेको थियो । अन्तिम ओभरको पहिलो बलमा मार्को यानसनले फर्गुसनलाई छक्का प्रहार गरेका थिए । त्यसपछि अन्तिम तीन बलमा शशांक सिंहले लगातार तीन छक्का प्रहार गर्दै विशाल योगफलमा पुयाए ।

शशांक ६ बलमा १ चौका र ३ छक्कासहित २५ रनमा अविजित रहे । मार्को यानसन ८ रनमा अविजित रहे । ओपनर तथा कप्तान केन विलियम्सन मोहम्मद शामीको बलमा ५ रनमा बोल्ड आउट हुँदा हैदराबादले २।५ ओभरमा २६ रन जोडेको थियो । शामीले नै राहुल त्रिपाठीलाई १६ रनमा एलबीडब्लू आउट गरे । उनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि अभिषेक र माक्ररमले ९६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । १६ औं ओभरको पहिलो बलमा अल्जारी जोशेफले अभिषेशलाई बोल्ड गरे । शामीले निकोलस पुरनलाई सुभमन गिलबाट ३ रनमा क्याच गराए । गुजरातका मोहम्मद शामीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए ।

यश दयाल र अल्जारी जोशेफले १–१ विकेट लिए । हैदराबादले अब आइतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । गुजरातले शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । आइपिएलमा बिहीबार दिल्ली र कोलकाताबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिका

गुजरात ८ खेलमा ७ मा जित र १ मा हारका १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ७ खेलमा ३ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ८ खेलमा ३ मा जित र ५ मा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.