default_image

4 years ago

April 28, 2022

कुलदीपले मध्यक्रम ध्वस्त बनाउँदा दिल्लीलाई औसत लक्ष्य

138 views

0 Bookmark

एजेन्सी – स्पिनर कुलदीप यादवले मध्यक्रम ध्वस्त बनाउँदा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई १ सय ४७ रनको औसत लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । कोलकाताका नितिश राणाले ३४ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस ऐर ३७ बलमा ४ चौकासहित ४२ रनमा आउट भए ।

दिल्लीको लागि पहिलो खेल खेलेका युवा तीव्र गतिका बलर चेतन सकारियाले दोस्रो ओभरको तेस्रो बलमा ओपनर आरोन फिन्चलाई ३ रनमा बोल्ड आउट गरे । अर्का वेंकटेश ऐर १२ बलमा ६ रन बनाउँदै क्याच भए । त्यसपछि कुलदीपले चार विकेट लिँदै कोलकातालाई ८३–६ को संकटमा पुर्याए ।

डेब्यू खेल खेलेका विकेटकिपर बाबा इन्द्रजितलाई कुलदीपले आठौं ओभरको दोस्रो बलमा लङअनमा रोभम्यान पावेलबाट ६ रनमा क्याच गराए । लगत्तै अर्को बलमा सुनिल नारायण एलबीडब्लूको शिकार बने । १४ औं ओभरमा कुलदीपले दुई महत्वपूर्ण विकेट लिदै कोलकातालाई दयनीय अवस्थामा पुर्याए ।

पहिलो बलमा श्रेयस ऐर ऋषभ पन्तबाट क्याच भए । चौथो बलमा आन्द्रे रसेल शून्यमा स्टम्पिङ आउट भएपछि कोलकाता ८३–६ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि रिन्कु र नितिश राणाले ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

रिन्कु १६ बलमा ३ चौकासहित २३ रनमा आउट भए । कोलकाताका स्पिनर कुलदीप यादवले ३ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । चेतन सकारिया र अक्षर पटेलले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.