4 years ago
April 28, 2022
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्ली चौथो जितका साथ अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । कोलकाताको जारी आइपिएलमा लगातार पाँच हारसँगै प्लेअफ सम्भावना कठिन बनेको छ ।

जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा ओपनर डेविड वार्नरले २६ बलमा ८ चौकासहित सर्वाधिक ४२ रन बनाए । रोभम्यान पावेलले १६ बलमा १ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे ।
ओपनर पृथ्वी शा तीव्र गतिका बलर उमेश यादवको पहिलो बलमै रोयल डक आउट भए । हर्षित रानाले मिचेल मार्शलाई १३ रनमा क्याच आउट गराए । स्पिनर सुनिल नारायणले ललित यादवलाई २२ रनमा एलबीडल्लू आउट गरे । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे । उमेशले विकेटकिपर ऋषभ पन्तलाई २ रनमा बाबा इन्द्रजितबाट क्याच गराए ।
तल्लोक्रमका अक्षर पटेल १७ बलमा २ चौका र १ छक्कासहित २४ रनमा रन आउट भए । कोलकाताका उमेश यादवले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सुनिल नारायण र हर्षित रानाले १–१ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । कोलकाताका नितिश राणाले ३४ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस ऐर ३७ बलमा ४ चौकासहित ४२ रनमा आउट भए ।
दिल्लीको लागि पहिलो खेल खेलेका युवा तीव्र गतिका बलर चेतन सकारियाले दोस्रो ओभरको तेस्रो बलमा ओपनर आरोन फिन्चलाई ३ रनमा बोल्ड आउट गरे । अर्का वेंकटेश ऐर १२ बलमा ६ रन बनाउँदै क्याच भए । त्यसपछि कुलदीपले चार विकेट लिँदै कोलकातालाई ८३–६ को संकटमा पुर्याए ।

डेब्यू खेल खेलेका विकेटकिपर बाबा इन्द्रजितलाई कुलदीपले आठौं ओभरको दोस्रो बलमा लङअनमा रोभम्यान पावेलबाट ६ रनमा क्याच गराए । लगत्तै अर्को बलमा सुनिल नारायण एलबीडब्लूको शिकार बने । १४ औं ओभरमा कुलदीपले दुई महत्वपूर्ण विकेट लिदै कोलकातालाई दयनीय अवस्थामा पुर्याए ।
पहिलो बलमा श्रेयस ऐर ऋषभ पन्तबाट क्याच भए । चौथो बलमा आन्द्रे रसेल शून्यमा स्टम्पिङ आउट भएपछि कोलकाता ८३–६ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि रिन्कु र नितिश राणाले ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
रिन्कु १६ बलमा ३ चौकासहित २३ रनमा आउट भए । कोलकाताका स्पिनर कुलदीप यादवले ३ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । चेतन सकारिया र अक्षर पटेलले १–१ विकेट लिए । कोलकाताले अव सोमबार राजस्थान रोयल्यसविरुद्ध खेल्नेछ । दिल्लीले आइतबार लखनऊ सुपर जायन्ट्ससँग खेल्नेछ ।
अंक तालिका
गुजरात ८ खेलमा ७ मा जित र १ मा हारका १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।
बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]