default_image

4 years ago

April 29, 2022

पूर्वकप्तान राहुलको लय रोक्न पन्जाबलाई चुनौती

245 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४२ औं खेलमा आज पन्जाब किंग्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा सुरु हुनेछ ।

पन्जाब पाँचौैं र लखनऊ छैटौं जितको खोजीमा छन् । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हारसहित चौथो स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । पन्जाबलाई प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन जित्नै पर्ने दबाब छ । पन्जाबको मयंक अग्रवाल र लखनऊको लोकेश राहुलले कप्तानी गर्नेछन् ।

लोकेशले पन्जाब छाडेर नयाँ टोली लखनऊको कप्तानी गरि रहेका छन् । राहुलले छाडेपछि मयंकले पन्जाबको नेतृत्व सम्हाल्लेका छन् । आइपिएलका यी दुई पूर्व चर्चित ओपनर जोडी एक अर्का टोलीविरुद्ध नेतृत्व गर्दैछन् । एक अर्काको कमजोरी राम्रोसँग थाहा छ । आइपिएलमा लगातार उच्च प्रदर्शन गर्दै आएका राहुलले यस सिजनमा दुई शतक प्रहार गरि सकेका छन् ।

राहुलले ८ खेलमा २ शतक र १ अर्धशतकसहित ३ सय ६८ रन बनाएका छन् । परिपक्क र जिम्मेवारीपूर्ण ब्याटिङ गर्ने राहुलको लयलाई रोक्न पन्जाबलाई चुनौती हुनेछ । राहुलले पछिल्लो खेलमा वानखडेमा मुम्बईविरुद्ध १ सय ३ रनको अविजित शतकीय इनिङ खेलेका थिए । त्यसअघि मुम्बईविरुद्धनै १ सय ३ रनको अविजित इनिङ खेलेका थिए ।

राहुलको विकेट पन्जाबको लागि महत्वपूर्ण हुनेछ । राहुल बाहेक क्विन्टन डि कक र मनिष पाण्डे प्रमुख ब्याटर हुन् । लखनऊ अलराउन्डरमा बढी निर्भर छ । मार्कस स्टोइनिस, कु्रनाल पान्ड्या, जेसन होल्डर, दीपक हुडा र आयुष बदोनी जस्ता अलराउन्डर टोलीमा छन् । लखनऊको मध्यक्रम ब्याटिङ कमजोरीको रुपमा छ । तीव्र गतिका बलर दुश्मन्था चामिराले कसिलो बलिङ गर्दै आएका छन् ।

पन्जाबले पछिल्लो खेलमा चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको थियो । उक्त खेलमा शिखर धवनले ५९ बलमा ८८ रनको अविजित इनिङ खेलेका थिए । धवनले जिम्मेवारी इनिङ खेल्ने हुँदा उनको विकेट महत्वपूर्ण हुनेछ । धवनले स्ट्राइक रेटमा भने ध्यान दिनुपर्ने हुन्छ । मयंक कप्तानी दबाबमा खुलेर खेल्न सकेका छैनन् ।

मध्यक्रमका दुई आक्रामक ब्याटर भानुका राजपक्षे र लियाम लिभिङस्टोनको प्रदर्शनले धेरै महत्वपूर्ण हुनेछ । यी दुबै ब्याटर एकै ओभरमा खेललाई मोड्न सक्ने खुबी भएका ब्याटर हुन् । जोनी बेयरस्टोको स्थानमा ओडेन स्मिथ वा नाथन एलिसलाई मैदान उतार्न सक्छ । बेस्यरस्टो रन बनाउन संघर्ष गर्दै आएका छन् ।

विकेटकिपर जितेश शर्माले आक्रामक इनिङ खेल्दै आएका छन् । २०१६ पछि आइपिएलमा फर्किएका ऋषि धवनले चेन्नईसँग प्रभावकारी प्रदर्शन गरेका थिए । पन्जाबको तल्लोक्रम ब्याटिङ भने कमजोरीको रुपमा छ । तीव्र गतिका बलर कागिसो रबाडा र अर्शदीप सिंह बलिङका हतियार हुन् । यी दुई बलरले डेथ ओभरमा योर्करका साथ लगातार उच्च प्रदर्शन गरेका छन् ।

अंक तालिका

गुजरात ८ खेलमा ७ मा जित र १ मा हारका १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ८ खेलमा ४ मा जित र ४ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.