default_image

4 years ago

April 29, 2022

आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका ५ पाकिस्तानी खेलाडी

132 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ भारतमा जारी छ । आइपिएल विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय र धनराषि भएको फ्रेन्चाइज क्रिकेट हो । आइपिएलमा खेलाडीले नाम र दाम दुबै राम्रो कमाउने हुँदा धेरैको खेल्ने सपना हुन्छ । विश्व स्टारले आइपिएल अक्सनमा मोटो रकम पाउने गर्दछन् ।

आइपिएलमा विश्वका धेरै स्टार खेलाडीहरु खेल्ने गर्दछन् । तर पाकिस्तानका खेलाडीलाई भने आइपिएल खेल्न प्रतिबन्ध छ । पाकिस्तान र भारतबीचको आन्तरिक राजनीतिक चिसो सम्बन्धको कारण आइपिएल खेल्न पाकिस्तानी खेलाडीलाई प्रतिबन्ध लागेको हो । सन् २००८ को मुम्बईमा भएको आतंककारी हमला र सिमा क्षेत्रको निरन्तर विवादको कारण पाकिस्तानी खेलाडीलाई आइपिएल खेल्न प्रतिबन्ध लागेको हो ।

वर्तमान समयमा पाकिस्तानमा बाबर आजम र शाहिन शाह अफ्रिदी विश्व क्रिकेटका ठूला नाम हुन् । पछिल्लो समय पाकिस्तानले विश्व क्रिकेटमा आफ्नो प्रभाव जमाउँदै आएको छ । २००८ को पहिलो संस्करणको आइपिएलमा पाकिस्तानका ११ खेलाडी सहभागी थिए । त्यसपछि पाकिस्तानी खेलाडीले आइपिएल खेलेका छैनन् । आईपीएल खेलेका ११ खेलाडी मध्य पाँच स्टार पाकिस्तानी खेलाडी र ती खेलाडीको प्रर्दशन यस्तो थियो ।

५.शाहिद अफ्रिदी

बुम बुम अफ्रिदीको उप नाम पाएका अफ्रिदीले सन् २००८ मा डेकन चार्जर्सबाट आइपिएल खेलेका थिए । अफ्रिदीले १० खेलमा ८१ रन बनाउनुको साथै ९ विकेट लिए । अफ्रिदीबाट आसा गरे अनुसारको प्रर्दशन भने हुन सकेन । अफ्रिदिले एक अन्तर्वार्तामा डेक्सनका भीभीएस लक्ष्मणको कप्तानी आफुलाई मन नपरेको र एडम गिलक्रिस्टलाई कप्तान दिनु पर्ने अभिव्यक्ति दिएपछि उनी विवादमा समेत परेका थिए ।

४.शोएब अख्तर

विश्वकै तीव्र गतिका बलर अख्तरले कोलकता नाईट राइडर्सबाट आईपीएल खेलेका थिए । जुन बेला सौरभ गांगुली कोलकताका कप्तान थिए । पहिलो खेलमै दिल्लीका विरेन्द्र सहवाग, गौतम गम्भीर, एबी डी भिलिसयर्स र मनोज तिवारीलाई आउट गर्दै सनसनी मच्चाएका अख्तरले ३ खेलमा ५ विकेट लिए । त्यसै वर्ष अख्तरलाई पाकिस्तान बोर्डले एक विवादका कारण ५ वर्ष प्रतिबन्ध लगाएको थियो ।

३.मोहम्मद हफिज

पाकिस्तान क्रिकेट टिमका अलराउण्डर हाफिजले कोलकताबाट नै आईपीएल खेलेका थिए । हफिजले ८ खेलमा २ विकेट लिनुका साथै ६४ रन बनाए । अफिज हाल पनि पाकिस्तानका प्रमुख अनुभवी अलराउण्डर हुन् । ४१ वर्षीय हफिजले गत टि२० विश्वकपमा सानदार प्रदर्शन गरेका थिए । पछिल्लो समय भने पाकिस्तानले युवा खेलाडीलाई मौका दिन उनलाई टोली बाहिर राखेको छ ।

उमर गुल, सोहेल तनवीर र शोएब अख्तर

२.कामरान अकमल

पाकिस्तानका विकेटकीपर तथा ब्याट्सम्यान अकमलले राजस्थान रोयल्यसबाट खेलेका थिए । ६ खेल खेल्ने मौका पाएका अकमलले १ अर्धशतक सहित १ सय २८ रन जोडेका थिए ।


१ .सोहेल तनविर

तीव्र गतिका बलर सोहेल तनविरले राजस्थानबाटै आईपीएल खेलेका थिए । राजस्थानलाई च्याम्पियन बनाउन तनविरको ११ खेलमा २२ विकेट लिँदै पर्पल क्याप जितेका थिए । जसक्रममा उनले चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चेर ६ विकेट लिएका थिए ।

आइपिएलको उत्कृष्ट प्रदर्शनको कीर्तिमान २०१९ मा मुम्बई इन्डियन्सबाट सनराइजर्स हैदराबादविरुद्ध ३.४ ओभरमा १२ रन खर्चेर ६ विकेट लिएका थिए । यी पाँच खेलाडी बाहेक त्यसवर्ष शोएब मालिक, सलमान बट, उमर गुल, मोहम्मद आसिफ, मिस्बाह उल हक र युनिस खानले आइपिएल खेलेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.