default_image

2 years ago

April 29, 2022

जिम्बावे ए सँग खेल्ने नेपालको एकदिवसिय टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग खेल्ने तीन एकदिवसिय अभ्यास खेलको लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा विनोद भण्डारी, सुनिल धमला र किशोर महतो लगायतका खेलाडी छन् । यो सिरिज ओडिआई र लिष्ट ए कुनैपनि मान्यता प्राप्त नहुँदा अभ्यास मानिनेछ । सुनिल धमला घरेलु क्रिकेटमा ५० ओभरको […]

29 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग खेल्ने तीन एकदिवसिय अभ्यास खेलको लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा विनोद भण्डारी, सुनिल धमला र किशोर महतो लगायतका खेलाडी छन् ।

यो सिरिज ओडिआई र लिष्ट ए कुनैपनि मान्यता प्राप्त नहुँदा अभ्यास मानिनेछ । सुनिल धमला घरेलु क्रिकेटमा ५० ओभरको खेलको लागि चिनिन्छन् । धमला सन् २०१७ मा भएको एसिसी इमजिङ टिम्स एसिया कपपछि नेपालको कुनैपनि टोलीमा थिएनन् । घोषणा टोलीमा किशोर अनक्याप्ड खेलाडी हुन् ।

किशोर २०२० मा थाईल्यान्डमा सम्पन्न एसिसी इस्टर्न रिजन टि२० एसिया कप छनोटमा नेपालको सिनियर टोलीमा रहेपनि डेब्यू अवसर पाएका थिएनन् । नेपालले पहिलो एकदिवसिय अभ्यास खेल शनिबार टियु मैदानमा खेल्नेछ । नेपालले एकदिवसिय र टि२० टोली सिरिजको लागि गरि कुल २३ खेलाडी घोषणा गरेको थियो । ओडिआईमा १६ सदस्य टोली घोषणा गरेको हो । यो अभ्यास सिरिज हुँदा नेपालको मुख्य ध्यान कमजोरी सुधारमा हुनेछ ।

जिम्बावे ए सँग खेल्ने नेपालको एक दिवसिय टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।

नेपाल आउने जिम्बावे ए को टोली :

क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

नेपाल र जिम्बावे ए सँगको तालिका

वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल

वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल

वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल

वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल

वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल

वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.