default_image

2 years ago

April 29, 2022

विदेशी लिग खेल्न रुविना र सीता शनिबार युएई जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान सीता रानामगर शनिबार फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगिता खेल्न युएई जादै छन् । रुविनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछन् । रुविना र सीता शनिबार दिउँसो ३ : ४५ मा युएईतर्फ प्रस्थान गर्नेछन् । प्रतियोगिता ६ टोली […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे र उपकप्तान सीता रानामगर शनिबार फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगिता खेल्न युएई जादै छन् ।

रुविनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछन् । रुविना र सीता शनिबार दिउँसो ३ : ४५ मा युएईतर्फ प्रस्थान गर्नेछन् । प्रतियोगिता ६ टोली हुँदा विश्वका स्टार खेलाडीले सहभागी जनाउने छन् । रुविनाले इंग्ल्यान्डकी कप्तान हेदर नाइट र सीताले स्टेफनी टेलरको कप्तानीमा खेल्नेछन् ।

प्रतियोगिता ४ मे देखि १५ सम्म दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । कुल १९ खेल हुनेछन् । ‘प्रतियोगिता खेल्न निकै उत्साहित छु । यस्तो अवसर सधैंभरी आउँदैन । म पनि पछिल्लो एक महिनादेखि काठमाडौंमा आएर अभ्यास गरेको छुँ । विश्वस्तरिय खेलाडीसँग राम्रो प्रदर्शन गर्न सकु भनेर । आफ्नो प्रदर्शन गरेर नेपाली क्रिकेटमा पनि यस्तो खेल्दो रहेछ भन्ने देखाउने छ’, रुविनाले हाम्रो खेलकुदसँग भनिन् ।

‘अव एकदमै खुसी लागेको छ । विश्वका स्टार खेलाडीसँगै खेल्छु भनेर सोचेको पनि थिएन । उनीहरुसँग सिक्नलाई उत्सुक पनि छु’, सीताले भनिन् ।

सीताको टोलीमा कप्तान टेलरसँगै न्युजिल्यान्डकी चर्चित ब्याटर शोफी डेभनी, न्युजिल्यान्डकी क्याटी मार्टिन, पाकिस्तानकी अलिया रियाज र दक्षिण अफ्रिकाकी सुने लुस जस्ता विश्व चर्चित खेलाडी छन् । रुविनाको टोली द बेर्मी आर्मीमा हेदरसँगै दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड, पाकिस्तानकी फतिमा सना र वेस्टइन्डिजकी डिआन्ड्रा डोटिन जस्ता खेलाडी छन् ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.